
पोखरा स्पोर्टस । आइटिएफ तेक्वान्दोका प्रशिक्षकहरु उत्पादन गर्ने उद्धेश्यका साथ पोखरामा प्रशिक्षक/प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
ट्यालेन्ट हन्ट अन्तर्गत आइटिएफ तेक्वान्दो गण्डकी प्रदेशको व्यवस्वस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
पाँच दिन सम्म सञ्चालन भएको प्रशिक्षक/प्रशिक्षण कार्यक्रममा सहभागिहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका महाशाखा प्रमुख राम प्रसाद आचार्यले प्रमाणपत्र वितरण गरे ।
सो अवसरमा आफ्ना भनाई राख्दै महाशाखा प्रमुख आचार्यले यस प्रकारका प्रशिक्षणले जिल्ला जिल्लामा आफूले सिकेको शिपको सदुपयोग गर्दै यूवा खेलाडीहरु उत्पादन मुख्य ध्येयका साथ अघि बढ्न आग्रह गर्दै समाज परिवर्तन संगै समृद्धिको यात्रामा अघि बढ्न खेलकुद महत्वपूर्ण रहेको उनको भनाई थियो ।
सो अवसरमा महाशाखा प्रमुख आचार्यले सहभागिहरुलाई प्रशिक्षणका लागि आवश्यक खेल सामाग्री समेत हस्तान्तरण गरेका थिए ।
आइटिएएफ तेक्वान्दो गण्डकीका उपाध्यक्ष सुरज सुनारको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
प्रशिक्षणमा विभिन्न जिल्लाका २२ जना प्रशिक्षकहरुले सहभागिता जनाएका थिए । विशेष गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई प्रशिक्षकको रुपमा उत्पादन गर्ने गरी प्रशिक्षण प्रदान गरिएको थियो ।
