बंगलादेश जाने कराँते टोलीको बिदाई

पोखरा स्पोर्टस । बंगालादेश जाने कराँते टोलीलाई बुधबार बिदाई गरिएको छ ।

बंगलादेशमा आयोजना हुने बि–जी कराते च्याम्पियनसिप २०२१ मा सहभागी हुन जाने कराँते टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालाले बुधबार बिदाई गरेका हुन् । बिदाई कार्यक्रममा राखेपका सदस्य पुरेन्द्र विक्रम लाखेको पनि उपस्थिती रहेको थियो ।

बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बशप संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि १५ सदस्यीय टोली त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । बंगलादेश जाने टोलीमा राम कुमार श्रेष्ठ टिम ब्यवस्थापकमा रहेका छन् । यस्तै प्रशिक्षकमा श्याम रोका, खेलाडीहरुमा राजदेव बमजन (६५ केजी), धेजेन डोल्मा तामाङ्ग (४५ केजी), ग्याल्मो सोमिका लामा (३५ केजी), युरोदिश रोका (६० केजी), पासाङ्ग तामाङ्ग (७० केजी), रविन्द्र कुँवर (खुल्ला) तथा उमेश भण्डारी (५५ केजी) रहेका छन् । यस्तै निर्णायकमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ्ग, नारायण श्रेष्ठ, प्रकाश तामाङ्ग लामा, मिङ्गमा तामाङ्ग र गणेश लाल श्रेष्ठ रहेका छन् ।

मुजिबको सयौं जन्मोत्सवको उपलक्षमा आयोजना गरिएको च्याम्पियनसिप २७ देखि २९ डिसेम्बर सम्म हुनेछ । टोलीलाई बिदाई गर्दै उपाध्यक्ष कोईरालाले खेलाडीले खेल्ने मात्र नभई नेतृत्व विकास पनि गर्नु पर्ने र राष्ट्रको ईज्जतलाई उच्च राखेर उपाधी जितेर आउन शुभकामना सहित बिदाई गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close