
पोखरा स्पोर्टस । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिती पोखराले राष्ट्रिय खेलकुद परिषद (राखेप)बाट प्राप्त दिर्घ सेवा पदक आफ्ना तिन जना कर्मचारीलाई आज हस्तान्तरण गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा २५ वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीलाई दिर्घ सेवा पदक बाट सम्मान गर्ने गरेको छ । सोही अन्तर्गत क्षेत्रिय खेलकुदले आफ्ना तिन जना कर्मचारीलाई पदक हस्तान्तरण गरेको हो । राखेप अन्तर्गत क्षेत्रिय खेलकुदमा कार्यरत निर्देशक कृष्ण तिमिल्सिना, जिल्ला खेलकुद कास्कीमा कार्यरत कौशिला खत्री र बखतमान श्रेष्ठ रहेका छन् ।
दिर्घ सेवा पदकबाट सम्मानित हुने तिमिल्सिना क्षेत्रिय खेलकुदका प्रशिक्षण इन्चार्ज तथा निर्देशक हुन भने खत्री कास्की जिल्ला खेलकुदमा प्रशिक्षण इन्चार्ज हुन् । उनी भलिबलकी प्रशिक्षक समेत रहेकी छन् । यसै गरी श्रेष्ठ भारोत्तोलनका प्रशिक्षक हुन् ।
उनीहरुलाई राखेप सदस्य राजेश कुमार गुरुङले एक कार्यक्रमका विच दिर्घ सेवा पदक हस्तान्तरण गरेको क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले पोखरा स्पोर्टसलाई बताए । कार्यक्रममा क्षेत्रिय खेलकुद र जिल्ला खेलकुद कास्कीमा कार्यरत कर्मचारी र प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
