
पोखरा स्पोर्टस । राजधानीमा जारी १२ औं राष्ट्रिय राष्ट्रपति कपमा छात्र भलिबलमा गण्डकीले लुम्बिनी प्रदेश माथी संघर्षपूर्ण जित निकालेको छ ।
मंगलबारबाट सुरु भएको प्रतियोगितामा आफ्नो पहिलो खेल खेलेको गण्डकीले संघर्षपूर्ण खेलमा लुम्बिनीलाई २–१ ले पराजित गरेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा १८–२५ ले पहिलो सेट गुमाएको गण्डकीले खेलमा फर्किदै दोश्रो र तेश्रो सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
गण्डकीले दोश्रो सेट २५–१७ र तेश्रो सेट ३०–२८ ले जित्दै खेलमा मात्रै फर्किएन आफ्नो पहिलो खेल समेत जितेको छ ।
यस अघि छात्रा भलिबलमा समेत गण्डकीले कर्णालीलाई २–० को सोझो सेटमा पराजित गरेको थियो ।
