महिला आत्मरक्षा तालिम सम्पन्न

पोखरा स्पोर्टस । नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा महिला आत्मरक्षा तालिम सम्पन्न भएको छ । ‘महिला हिंसा विरुद्ध मुवाँथाई’ भन्ने नारासहित आयोजित तालिममा २५ जना सहभागी थिए ।

साताव्यापी तालिम दक्षिणकाली नगरपालिका, वडा १, चाल्नाखेलस्थित एसियाली तारा पुञ्जमा भएको तालिममा आयोजक संघका अध्यक्ष समेत रहेका मुवाँथाईका प्रमुख प्रशिक्षक गणेशलाल कक्षपति, सरोज थापा मगर, सञ्जय राई, भोलाकुमार राई र दीपा शाहीले प्रशिक्षण दिएका थिए ।

सहभागीलाई दक्षिणकाली नगरपालिकाकी मेयर बसन्ती डंगोल र वडा १ का अध्यक्ष जय थापा मगरले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close