
पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा हिमालपारीको जिल्ला मुस्ताङबाट अन्तर्राष्ट्रिय ‘ओलम्पिक डे’ को शुभारम्भ गरिएको छ ।
मुस्ताङ जिल्लास्थित जोमसोमको धौलागिरी बोर्डिङ स्कुलमा ओलम्पिक डे मनाइएको हो । नेपाल ओलम्पिक कमिटि अन्तर्गत रहेको स्पोर्टस फर अल कमिसन गण्डकी प्रदेशको आयोजनामा उक्त कार्यक्रम भएको छ । नेपालमा हरेक वर्ष मनाइने उक्त कार्यक्रम भने पहिलो पटक जोमसोममा मनाइएको हो ।

ओलम्पिक डे मनाउने सन्दर्भमा उक्त विद्यालयका छात्र/छात्राहरुले वातावरण दिवशलाई ओलम्पिक डे संग जोडेर विभिन्न चित्रकलाहरु बनाएका थिए भने ओलम्पिक डे को महत्वका बारेमा समेत विद्यार्थीहरुले वक्तित्वकला मार्फत आफ्ना भनाईहरु समेत राखेका थिए ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवम नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले ओलम्पिक डेको महत्वका साथै खेलकुदले समाज परिवर्तनका लागि खेल्ने भूमिकाका बारेमा आफ्ना भनाई राखेका थिए ।
विद्यालयका प्रधानध्यापक अनिरुद्र गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्पोर्टस फर अल कमिसन गण्डकीका सचिव योगेन्द्र शेरचनलगायत विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
यसै गरी जोमसोमस्थित जनहित माविले ओलम्पिक डे मनाउने सन्दर्भमा एक छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।
