नेपालमा ‘ओलम्पिक डे’को शुभारम्भ

पोखरा स्पोर्टस । नेपालमा औपचारिक रुपमा ‘ओलम्पिक डे’ को शुभारम्भ भएको छ ।

नेपाल ओलम्पिक कमिटि अन्तर्गत गठित ‘स्पोर्टस फर अल कमिसन’ को सक्रियतामा नेपालमा ओलम्पिक डे को शुभारम्भ गरिएको हो । कमिसनले अन्तर्राष्ट्रिय ओलम्पिक दिवश जुन २३ लाई जनस्तर सम्म पुर्‍याउन जुन १ बाटै कार्यक्रमहरु आयोजना गर्न लागेको हो । यसै क्रममा कमिसनले प्रि स्कुलका बाल वालिका विच एक कार्यक्रमको आयोजना गरी ओलम्पिक डे शुभारम्भ भएको घोषणा गरेको हो ।

उक्त कार्यक्रम अन्तर्गत विभिन्न ५२ प्रिस्कुलहरुमा २/२ एभेन्ट गरी १०४ वटा इभेन्टहरु आयोजना गरिएको कमिसनले जनाएको छ । उक्त कार्यक्रममा १ हजार भन्दा वढी बालबालिका सहभागिता रहेको स्पोर्टस फर अल कमिसनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त कार्यक्रम अन्तर्गत देशै भरीका सात प्रदेश र ७७ वटै जिल्लामा विभिन्न खेलकुदका कार्यक्रमहरु तय गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close