मेयर कप साइकल दौड प्रतियोगिताका लागि खेलाडी दर्ता सुरु

पोखरा स्पोर्टस । पोखरा महानगर पालिका खेलकुद विकास समितिद्वारा आयोजित ‘मेयर कप साइकल दौड प्रतियोगिता २०७९’ का लागि खेलाडी दर्ता आह्वान गरिएको छ ।

यहि पुष ६ गते पोखरामा हुने प्रतियोगिताका लागि खेलाडी दर्ताका लागि सूचना प्रकाशित गरिएको हो । प्रतियोगिता अन्तर्गत खुल्ला इलाइट पुरुष, इलाइट महिला र ४० वर्ष भन्दा माथी मास्टर्स (भेट्रान्स) गरी तिन छुट्टा–छुट्टै विद्यामा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा खुल्ला इलाइट पुरुष र महिलातर्फ क्रमश प्रथम, द्वितिय र तृतियले जनही नगद रु ३० हजार, २० हजार र १० हजार तथा सान्त्वनातर्फ चौथो हुने दुईजनाले  जनही नगद ५–५ हजार प्राप्त गर्ने समितिका सदस्य सचिव सुभाष खड्काले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् । त्यसै गरी मास्टर्सतर्फ क्रमश प्रथम, द्वितिय र तृतियले जनही नगद रु १० हजार, ७ हजार र १० हजार र ५ हजार प्राप्त गर्नेछन् ।

कास्की जिल्ला सइक्लिङ संघको प्राविधिक सहयोगमा आयोजना हुने उक्त प्रतियोगिता छैटौं टुर दि पोखरा अभियान अन्तर्गतको पूर्व सन्ध्यामा  हुन लागेको अध्यक्ष शंकर भण्डारीले जनाएका छन् ।

उक्त साइकल दौड पोखरा १७ छोरेपाटनस्थित तिवतियन क्याम्पबाट सुरु भई पोखरा २३ मट्टिखान हुँदै स्याङजाबाट पुनः छोरेपाटनमा आएर सम्पन्न हुनेछ । इलाइट महिला पुरुषको खुल्ला साइकल दौड ५० किमिको हुनेछ भने मास्टर्सतर्फ २५ किमिको हुने अध्यक्ष भण्डारीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close