छैठौ राष्ट्रिय हाप्किडो प्रतियोगितामा लुम्बिनी टिम च्याम्पियन

दाङमा एक लाख हाप्किडो खेलाडी उर्ताने तयारी

पोखरा स्पोर्टस । नुवाकोट बेलकोटगढी रुपिङमा सम्पन्न उपमेयर कप तथा सहिद स्मृति छैटौं राष्ट्रिय हाप्किडो प्रतियोगितामा लुम्बिनी प्रदेश टिम च्याम्पियन बनेको छ ।

चार दिन सम्म संचालन भएको राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले ९ स्वर्ण, २ रजत र ७ काश्य पदक जित्दै च्याम्पियनसिप बनेको हो । प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र १० काश्य पदक जित्दै बागमती प्रदेश दोस्रो भएको छ भने ३ स्वर्ण, १ रजत र ४ काश्य सहित नेपाल प्रहरी स्कुल तेस्रो बन्न सफल भएको छ ।

हाप्किडो संघले दाङमा एक लाख हाप्किडो खेलाडी उर्ताने तयारी गरेको छ । आफ्नो स्थापना दिवशको अवसरमा संघले यस्तो तयारी थालेको हो । कोभिडको बेलामा समेत नेपालमा निकै सक्रिय रहेको मार्शल आर्टस खेल हाप्किडोलाई पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा राष्ट्रिय खेलकुद परिषदले समावेश नगरेपछि संघले आफ्नो बाटो तय गरेको हो ।

अध्यक्ष घर्तीमगरले नेपाल मार्शल आर्ट्स हाप्किडो संघको स्थापना दिवसको अवसरमा वृहतरूपमा सातौ राष्ट्रिय हाप्किडो प्रतियोगिता दाङ जिल्लाको घोराहीमा २०७९ साल असोज १८ देखि २४ गतेसम्म १ लाख हाप्किडो खेलाडीहरुको सहभागीतामा आयोजना गर्ने घोषणा समेत गरेका छन् ।

गरिव निमुखा खेलाडीहरुलाई निशुल्क शिक्षा संगै हाप्किडो खेलको प्रशिक्षण गरी अनुशासित नागरिक उत्पादनमा हाप्किडो खेलले नेपालमा महत्वपूर्ण छलाङ मारेको छ ।

प्रतियोगतामा पुरुष तर्फ बेष्ट फाइटर बागमती प्रदेशका विवेक गुरुङ भएका छन भने महिला तर्फ लुम्बिनी प्रदेशकी माया झाँक्री मगर भएकी छन । त्यसैगरी पुरुष तर्फ उदयमान खेलाडी लुम्बिनी प्रदेशका बिकास के.सी.भएका छन भने महिला तर्फ उदियमान खेलाडी बागमती प्रदेशकी जेनिशा पुडासैनी भएकी छन । सम्पूर्ण प्रतिस्पर्धी खेलाडी तर्फबाट अनुशासन खेलाडी गण्डकी प्रदेशकी कृति गिरी बन्न सफल भइन् ।

प्रतियोगिताको बेष्ट रेफ्री तर्फ सुदीप तामाङ भएका छन ।

प्रतियोगिताको समापन कार्यक्रममा विजयी टोली तथा खेलाडीलाई नेपाल मार्शल आर्टस हाप्किडो संघ तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीमगर, नुवाकोट जिल्ला हाप्किडो संघका अध्यक्ष तथा कार्यक्रमका आयोजक मनोज गुरुङ, केन्द्रीय सहायक प्रमुख प्रशिक्षक भुवन बुढामगर र केन्द्रीय सहायक प्रमुख प्रशिक्षक प्रबिण गुरुङले मेडल तथा प्रमाणपत्र सहित टिम च्याम्पियन हुनेलाई क्रमश नगद रु २५ हजार, १५ हजार र १० हजार तथा उत्कृष्ट खेलाडी महिला र पुरुष तर्फजनही नगद ५/५ हजार प्रदान गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष घर्तीमगरले यस प्रतियोगिताले हाप्किडो खेलको विकास र विस्तारमा नया इट्टा थप्ने काम भएको बताए । उनले खेलाडीहरुमा आफ्नो प्रतिभालाई प्रतियोगिताले प्रस्फूटन गर्ने अवसर र खेलको वृति विकासका लागि सहयोगी हुने उल्लेख गरे । प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग, साथ, समर्थन सम्पूर्ण सहयोगीहरु र बेलकोट नगरवासीहरुलाई उनले धन्यबाद समेत दिए ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close