इक्वेस्ट्रियन संघको अध्यक्षमा राजकर्णिकार

पोखरा स्पोर्टस । नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघको अध्यक्षमा रवीराज कर्णिकार निर्वाचित भएका छन् ।

संघको सम्पन्न साधारण सभा तथा निर्वाचनले रवि राजकर्णिकारलाई अध्यक्षमा निरन्तरता दिदै १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार सर्वसम्मत चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा नवराज सिलवाल र उपाध्यक्षद्वयमा प्रकाशजंग कार्की र रमेशमान मल्ल निर्वाचित भए भने लोकजंग लामा महासचिव, राममाया तामाङ सचिव र प्रेमबहादुर मोक्तानले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।

त्यसै गरी कार्यसमिति सदस्यमा मनऋषि धिताल, सन्तोष बुढाथोकी, हरिप्रसाद श्रेष्ठ, महेश श्रेष्ठ, तेन्जिङ थकाली, कर्मा गुरुङ, ज्ञानेन्द्र श्रेष्ठ, रामसुन्दर वके र सुमन बोम्जन तामाङ सदस्यमा चयन भए ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close