आरबिबी एनभिए लिग भलिबलमा गण्डकी ढोरपाटन संग भिड्दै

पोखरा स्पोर्टस । छैटौ संस्करणको ‘आरबिबी एनभिए लिग भलिबल राष्ट्रिय महिला तथा पुरुष क्लब लिग–२०७८’ मा गण्डकी प्रदेश पुरुष भलिबल टिम  पहिलो खेल अन्तर्गत  ढोरपाटन स्पोर्टिङ क्लव संग भिडने भएको छ ।

नेपाल भलिबल संघको आयोजनामा आइतबार बाट काठमाडौमा सुरु हुने उक्त प्रतियोगितामाको तयारी पुरा भए संगै प्रकाशित खेल तालिकामा पहिलो खेल गण्डकी र ढोरपाटनका विच हुने जनाइएको हो । यहि बैशाख २४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रयि खेलकुद परिषदको कभर्डहलमा हुने प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ५ टोलीको सहभागिता रहेको संघका सचिब समेत रहेका डिवी नेपालीले जनाएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ त्रिभुबन आर्मी क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, एपिइफ क्लब, गल्कोट स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र ढोरपाटन स्पोर्टस को सहभागीता रहेको छ भने महिलातर्फ होङ्गवान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुबन आर्मी क्लब, नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबको सहभागिता रहेको छ।

उक्त प्रतियोगितामा महिला तथा पुरुष उपाधि विजेता टिमले जनही नगद ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार प्राप्त गर्नेछन् । विद्यागत सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५ हजार तथा उत्कृष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिब्रो र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्ने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close