
पोखरा स्पोर्टस । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो, मस्कट, गित र नाराका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आह्वान गरेको छ ।
आागामी जेठ २२ देखि २८ गते सम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट, गित र नाराका लागि राखेपले एक सूचना प्रकाशित गरेको हो । आागामी बैशाख ११ गते सम्म पेश गर्न इच्छुकहरुलाई प्रकाशित सूचनामा आह्वान गरिएको छ ।
छनौट भएको लोगो लाई ५० हजार, मस्कटलाई २५ हजार, गीत रचनाकारलाई २० हजार र नारालाई १० हजार प्रदान गरिने प्रकाशित सूचनामा जनाइएको छ ।
स्मरणिय के छ भने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गौरवका कार्यक्रमहरुमा प्रतिक चिन्ह (लोगो), मस्कट, गित र नारा महत्वपूर्ण हिस्सा रहेको हुन्छ ।
