स्याङजाली तमु समाज लेखनाथले भलिबल प्रतियोगिता गर्ने

पोखरा, २३ चैत । स्याङजाली तमु समाजले पोखरा लेखनाथले चैते दशैंको अबसरमा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यहि चैत २८ देखि ३० गते सम्म हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार र दोश्रो हुनेले ३० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगितामा वेष्ट स्पाइकर, वेष्ट प्लेयर, वेष्ट डिफेण्डर र अनुशासित टिमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

खुल्ला सांस्कृतिक कार्यक्रमका साथ हुने उक्त प्रतियोगितामा जिल्ला, क्षेत्रिय, विभागिय र राष्ट्रिय तहका कुनै पनि खेलाडी खेल्न नपाइने स्पष्ट पारेको छ । प्रतियोगितामा करिब १५ टिमको सहभागिता हुने र टिम दर्ता गर्न चैत २७ गते सम्म आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close