म्याराथन सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नेहरुमा मंच द्वारा आभार व्यक्त

पोखरा, ८ फागुन ।
यहि फागुन ७ गते सम्पन्न “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” सफलता पूर्वक सम्पन्न भएकोमा सहयोग गर्ने सबैमा  भूतपूर्व खेलाडी मंच नेपालले आभार व्यक्त गरेको छ ।

मंचका अध्यक्ष तेज गुरुङ द्वारा जारी विज्ञप्तीमा म्याराथन सफल बनाउन भूमिका खेल्ने गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, मुख्य प्रायोजक सुजल डेरीको उत्पादन सफल दुध, सह–प्रायोजकहरु संस्थाहरु राष्ट्रिय खेलकुद परिषद, ग्लेशियर होटल, पश्चिमाञ्चल होटल संघ पोखरा, हिमाअस एजुकेशन, मुग्लान रेष्टुरेन्ट, लुम्बिनी बैंक, नेपाल ओलोम्पिक कमिटी लगाएत सहयोगीहरुमा आभार ब्यक्त गरेको छ ।

त्यसै गरि वि विल राइज फाउण्डेशन, एनआरएन यूके, पोखरेली मंच यूके, हङकङबाशी नेपाली दाजुभाईहरु, फ्रेन्ड्स अफ पोखरा बोष्टन/न्यूह्याम्पशायर अमेरिका लगाएत देश विदेशमा रहेका नेपाली तथा संघ–संस्थाहरु तथा एडभेन्चर स्पोर्ट्स लगाएत सबैमा मंचले म्याराथन सफल बनाउन खेलेको महत्वपूर्ण भूमिकाका लागि विशेष धन्यबाद दिएको छ ।

पोखरा म्याराथन सफल बनाउन पोखराका विभिन्न संघ संस्थाहरु, अस्पतालहरु, नर्सिङ होमहरु, एम्वुलेन्स सेबाहरु, सम्पूर्ण विद्यालयहरु, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार तथा सञ्चार माध्यमहरु सहभागी खेलाडी, देश विदेश बाट म्याराथनमा सहभागी हुन आएका विदेशी खेलाडी तथा खेलकुदप्रती पोखरेलीहरुले देखाएको एकेवद्धता र सहयोगप्रती मंचले आभार व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close