जुनियर टेनिसमा प्रणव र सौगातलाई स्वर्ण

पोखरा स्पोर्टस । प्रणव मानन्धर र सौगात विक पोखरामा जारी मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा ब्वाइज ओपन डबल्सतर्फ विजयी भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत बिहिवार भएको फाइनल खेलमा सो जोडीले निशा जोशी र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गर्दै च्याम्यिन भएका हुन् ।

प्रतियोगितामा विजेता जोडीले नगद १५ हजार सहित मेडल तथा उपविजेता जोडीले नगद ७ हजार ५ सय सहित मेडल पुरस्कार प्राप्त गरे । त्यस्तै अशभ हाडा र स्पन्दन उदास तथा शास्वत बज्राचार्य र सृजन भट्टराइको जोडीले तृतीय स्थान प्राप्त गरे ।

१६ वर्ष मुनिको ब्वाइज सिंग्लस उपाधी प्रणव मानन्धरले जितेका छन् । उनले फाइनल खेलमा राजबिर प्रधानलाई ६–०, ६–१ को सहज नतिजा निकाले । जितसंगै उनले नगद १५ हजार सहित मेडल तथा उपविजेता राजबिरले नगद ७ हजार ५ सय सहित मेडल पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सौगात विकले तृतीय स्थान हाँसिल गरे ।

विजयी खेलाडीहरुलाई कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नविन चालिसे, कोषाध्यक्ष अनुज बाँस्तोला, संघका सदस्य प्राञ्जल कायस्थ, नेपालका शिर्षवरियता खेलाडी प्रदिप खड्का लगायतले एक समारोहका विच पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा गल्र्सतर्फका फाइनल तथा अन्य खेलहरु जारी गरेको प्रतियोगिताका निर्देशक सूर्यभूषण बज्राचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close