‘प्रशिक्षक हुन कठिन पो रहेछ’– भलिबल कप्तान अरुणा शाही

पोखरा स्पोर्टस । नेपाल महिला भलिबल टिमकी कप्तान अरुण शाही यति बेला प्रदेश खेलकुद परिषद गण्डकीले पहिलो पटक आयोजना गरेको तिन महिने सहायक प्रशिक्षक प्रशिक्षणमा ब्यस्त छिन् ।

तिन महिने प्रशिक्षणको अन्तिम चरणका प्रयोगात्मक अभ्यासहरु पोखरा रंगशालामा भइरहेका छन् । नेपाल महिला भलिबल टिमकी कप्तान अरुणा यति बेला प्रशिक्षणका अन्तिम चरण भइरहँदा त्यतै व्यस्त बनेकी हुन् । व्यस्त खेल जिवन पछि प्रशिक्षकको पेशा अगाल्न अगाडी बढेकी उनले यो तिन महिने प्रशिक्षण निकै उत्साहपूर्ण रहेको बताइन् ।

तिन महिने सहायक प्रशिक्षक प्रशिक्षणको अनुभव आफ्नो खेल जिवनका लागि महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै भनिन्–“एक खेलाडीका लागि यो नयाँ विषय त थिएन । हामीले खेल जिवनमा जे अभ्यास गरेका थियौं यो सिकाई पनि त्यही थियो । तर हामीले यसलाई व्यवहारमा उतारेका थिएनौं ।” तिन महिने प्रशिक्षणले आफ्ना लागि भने प्रशिक्षक बन्न कठिन विषय रहेको आफ्न अनुभव पनि सुनाइन ।

कुशल प्रशिक्षकलले मात्रै खेलाडीलाई सहि मार्गनिर्देश गर्न सक्ने बताउँदै कप्तान अरुणाले धेरै खेलाडीहरु प्रशिक्षकको अभावमा खेलाडीको शिप समेत खेर गइरहेको बताइन । “अहिले धेरै भाई बहिनीहरु प्रशिक्षक नहुँदा सोच अनुरुपको खेल अगाडी बढ्न सकेको छैन”, उनले भनिन–“प्रदेश खेलकुदले हामीलाई जस्तै यो अवसर सबैलाई दिनुपर्छ जसबाट खेलकुदमा रोजगारको अवसर मात्रै नभई खेलाडीले शिप तिर्खाने अवसर पाउने छन् ।”

अरुणा यो संगै यति बेला गण्डकी विश्वविद्यालयले पहिलो पटक सुरु गरेको खेलकुद व्यवस्थापनको अध्ययनमा समेत व्यस्त छिन् । नेपाली महिला भलिबलको सफल कप्तानको रुपमा उभिएकी उनले भलिबल खेलको बिकासका लागि गाउँ–गाउँमा उत्कृष्ट प्रशिक्षकहरुको उत्पादन हुनुपर्ने कुरा समेत औल्याइन ।

गण्डकी प्रदेश खेलकुद परिषदले सञ्चालन गरेको उक्त प्रशिक्षक प्रशिक्षणमा भलिबलतर्फ अरुणा सहित ८ जनाको सहभागिता रहेको छ । उनीहरुलाई नेपाली पुरुष राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले प्रशिक्षण दिइरहेका छन् ।

साथमा यो पनि

गण्डकी प्रदेश सहायक प्रशिक्षक तालिम अन्तिम चरणमा, प्रयोगात्मक अभ्यास जारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close