ह्वाइट वाटर र्‍याफ्टिङमा आर्मी टिम च्याम्पियन

पोखरा स्पोर्टस । विभागीय टोली त्रिभुवन आर्मी क्लबले १९औं ह्वाइट वाटर च्यालेन्जअन्तर्गत र्‍याफ्टिङ च्याम्पियनसिपको उपाधि जितेको छ ।

धादिङको त्रिशुली नदीमा भएको च्याम्पियनसिपमा आर्मीले स्प्रिन्टमा एक सय, हेड टुहेडमा दुई सय र स्लालममा तीन सय एकसहित उपाधि जितेको हो । च्याम्पियनसिपमा नेपाल कायक क्लब दोस्रो र ह्वाइट वाटर नेपालले तेस्रो स्थान हात पार्‍यो । कायक क्लबले स्प्रिन्टमा ९२, हेड टु हेडमा एक सय ७२ र स्लालममा तीन सय ५० अंक बटुल्यो । ह्वाइट वाटर नेपालले स्प्रिन्टमा ८६, हेड टु हेडमा एक सय ६४ र स्लालममा दुई ७६ अंक बटुल्यो ।

यसैगरी कायक च्याम्पियनसिपमा डम्बरबहादुर पूर्वछानेले पहिलो स्थान हात पारे । यसैगरी मानबहादुर कँडेल दोस्रो र मोहन रानाले तेस्रो स्थान ओगटे ।

नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा भएको प्रतियोगिताको महिलातर्फको कायक च्याम्पियनसिपमा सुष्मा खडेट पहिलो र सुधा राईले दोस्रो स्थान हात पारे । च्याम्पियनसिपमा दुई महिला खेलाडीले मात्रै सहभागिता जनाएका थिए । यसैगरी कायक स्लालम च्याम्पियनसिपमा मोहन रानाले पहिलो स्थान हात पारे । प्रमोद गुरुङले दोस्रो र सुजन तामाङ तेस्रो भए ।

प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव कुलबहादुर थापा, नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close