गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग : नेपाली सेना टिम च्याम्पियन

पोखरा स्पोर्टस । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ । सेनाले ६ स्वर्ण, २ रजत र ६ कास्य पदकका साथ टिम च्यामिपयन बनेको हो ।

दोश्रो एपिएफ रह्यो । एपिएफले ३ स्वर्ण, ५ रजत र ८ कास्य पदक प्राप्त गर्‍यो । तेश्रो स्थानमा रहेको बागमती प्रदेशले ३ स्वर्ण, ५ रजत र ३ कास्य प्राप्त गर्‍यो ।  बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको महिला फ्वाईल तर्फ एपिएफकी मन्दिरा थापाले स्वर्ण हात पारिन् । थापाले फाईनलमा चिरप्रतिद्वन्दि सेनाकी रमा सिंहलाई १५–१२ को झिनो अन्तरले पराजित गर्दै रजतमा खुम्च्याईन् । तेश्रो स्थानमा सेनाकी मनिषा राई र बागमतीकी अञ्जु तामाङ्ग रहे ।

पुरुषको टिम फ्वाईल तर्फ सेनाले जित हात पार्दै स्वर्ण कब्जा गर्‍यो । सेनाले बागमतीलाई ४५–२९ ले पराजित गर्दै रजतमा खुम्चन बाध्य बनायो । गण्डकी र एपिएफले कास्य पदक प्राप्त गरे ।  यस्तै टिम महिला सावरमा पनि सेनाले स्वर्ण हात पार्‍यो । फाईनलमा सेनाले एपिएफलाई ४५–३६ अंकले पराजित गर्दै स्वर्ण कब्जा गरेको हो । बागमती र गण्डकीले कास्य पदक हात पारे ।

महिला टिम फ्वाईल तर्फ एपिएफले बागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण प्राप्त गर्‍यो । एपिएफले बागमतीलाई ४५–३६ अंकले परातिज गरेको हो । यस्तै यस विधामा सेना र प्रदेश नं. १ ले कास्यमा चित्त बुझाए ।  पुरुष इपी टिम तर्फ सेनाले एपिएफलाई ४५–४० अंकले पराजित गर्दै स्वर्ण हात पार्‍यो । तेश्रो स्थानमा गण्डकी प्रदेश र प्रदेश नं. १ रहे । पुरुष सावर तर्फ एपिएफले स्वर्ण जित्दा बागमतीले रजत पायो । एपिएफले बागमतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण जितेको हो । नेपाली सेना र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।

प्रतियोगितामा ब्यक्तिगत स्पर्धा तर्फ दुई स्वर्ण प्राप्त गर्ने बागमती प्रदेशका खेलाडी ओमकार सिंहलाई नेपाल फेन्सिङ्ग संघका महासचिव सुजन लाल श्रेष्ठले ब्यक्तिगत १० हजारले सम्मान गरे । यस्तै प्रतियोगितामा अनुशासित खेलाडीको खिताव पाएका एपिएफका शेरसिंह ऐरीलाई भारतबाट प्रतियोगिता सफल पार्न आएका निर्णायकहरु सन्तोष पाण्डे र बिशाल रावले खेल सामाग्री प्रदान गर्दै सम्मान गरे । प्रतियोगितामा गण्डकी प्रदेशबाट सवै भन्दा कम उमेरकी खेलाडी (११ बर्ष) प्रतिक्षा रानाले पनि सहभागिता जनाएकी थिईन् । उनले सिनियर प्रतिस्पर्धामा दुई खेल जित्न पनि सफल भएकी थिईन् ।

बिजयी खेलाडीहरुलाई नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं गणेशमान फाउण्डेशनका अध्यक्ष प्रकाश मान सिंह, महिला नेतृ श्रृजना सिंह, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला, सदस्य सुभाष श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य, सचिव रामजी बहादुर श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, नेपाल सुटिङ्ग संघका अध्यक्ष पुष्पदाश श्रेष्ठ, भारोत्तोलन संघका अध्यक्ष रामबोस श्रेष्ठ, नेपाल बास्केटबल संघका कार्यबाहक अध्यक्ष भिमसिंह गुरुङ्ग लगायतले पुरस्कार वितरण गरेका थिए ।

तीन दिने प्रतियोगितामा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली सेना, एपिएफ गरि ६ टिमको सहभागिता रहेको थियो । १२ स्वर्ण पदकका लागि ११४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close