युनाईटेड क्लबले बहादुरे माविमा खेलकुद सामाग्री प्रदान गर्यो

पोखरा, २८ बैशाख । युनाईटेड क्लवले आफ्नो नवौ वार्षिकोत्सवको अवसर पारी कास्कीको अन्नपूर्ण गाउपालिका ४ भदौरे देउरालीमा रहेको बहादुरे माविमा खेलकुद सामाग्री प्रदान गरेको छ ।

पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लवले आफनो नवौ वार्षिकोत्सवको अवसर पारी हालै बहादुरे माविमा अध्ययनरत विद्यार्थीहरुलाई मध्येनजर गरी खेलकुदका सामाग्री प्रदान गरेको हो ।

क्लवका अध्यक्ष लालकाजी गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष सुक बहाुदुर गुरुङ सहित पुगेको क्लवका पदाधिकारी तथा साधारण सदस्यहरुको टोलीले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ताइकाजी गुरुङ र विद्यालयका प्रध्यानाध्यापक राम प्रसाद पौडेललाई खेलकुदका सामाग्रीहरु फुटवल, बास्केटबल, चेस, ब्याडमिन्टन, हेण्डवल, क्रिकेट सेट, भलिवल जाली, फुटवल जाली, लुडो, खेलकुद जर्सी र कार्यक्रम सञ्चालनका लागी स्पीकर हस्तान्तरण गरेका थिए ।

सो अवसरमा वोल्दै विद्यालय व्यवस्थापन समिती भदौरे माविका अध्यक्ष ताइकाजी गुरुङले पोखरामा रही समाजिक कामबाट नाम कमाउन सफल युनाईटेड क्लवले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सम्झेर खेलकुद सामाग्री प्रदान गरी ग्रामीण भेगमा रहेको विद्यार्थीहरुलाई खेलुकद प्रति लगनशील भएर लाग्नमा थप प्रेरणा थपेको वताए ।

क्लवका संस्थापक अध्यक्ष तथा पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लवले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा मानव निर्मित खुल्ला चिडियाखाना र सेती नदी संरक्षणमा काम गर्दै आइरहदा हाल सम्म भदौरे मावि जस्ता दुर दराजमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मध्येनजर गरी विद्यालय पोशाक, कम्प्युटर, खेलकुद सामाग्री प्रदान गर्नुका साथै आधा दर्जन वढी विद्यालयमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई मध्येनजर गरी छात्रवृद्धि अक्षयकोष स्थापना गरिसकेको वताए ।

क्लवकै पहलमा पोखराको लेखनाथमा पोखरा जु लोजिकल पार्क निर्माण कार्य तीब्र गतिमा अगाडी वढेको र आगामी साउनको एक गतेदेखी उक्त पार्क सर्वसाधारणका लागी खुल्ला गरिने समेत वख्रेलले जानकारी दिएका छन । विद्यालयका प्रध्यानाध्यापक राम प्रसाद पौडेलले आफ्नो विद्यालयलाई लक्षित गरी खेलकुद सामाग्री प्रदान गरी ग्रामीण भेगमा रहेका विद्यार्थीहरु जो खेलकुदका सामाग्रीको अभावमा आफ्ना खेलकुद गतिविधी सञ्चालनमा सहभागी हुन नसकेको विद्यार्थीलाई लक्षित गरी सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close