
पोखरा स्पोर्टस । एशियाली फेन्सिङ्ग महासंघ र यु.ए.ईं फेन्सिङ्ग संघको संयुक्त आयोजनामा हुन लागेको रेफ्री सेमीनारमा नेपाली फेन्सिङ रेफ्रिहरुले सहभागिता जनाउने भएका छन् ।
यही फेब्रअरी १७ देखि २० तारीख सम्म यु.ए.इको राजधानी दुबईमा हुने सेमीनारमा नेपाली फेन्सिङ रेफ्रिहरुको सहभागिता हुने भएको हो । उक्त सेमिनारमा नेपालको तर्फबाट राष्ट्रिय रेफ्रिीहरु अभिषेक कार्की, अनुप कपाली र अलिषा अधिकारीले सहभागिता जनाउने नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जनाएका छन् ।
उक्त सहभागिता बारे जानकारी दिंदै महासचिव श्रेष्ठले नेपालका राष्ट्रिय रेफ्रीहरुको दक्षता र फेन्सिङ खेलको नयाँ नियमहरुको बारेमा ज्ञान हासिल गर्न सेमिनारमा पठाइने भएको बताए । नेपाली रेफ्रिहरुले फेन्सिङको इपी, फोयल र साइबर तिनै विधामा रेफ्री कोर्ष गर्नुका साथै तथा परीक्षा समेत दिनेछन् ।
नेपालबाट सहभागि तिन जना रेफ्रिहरु यहि आजै फागनु ४ गते त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । सहभागि रेफ्रिहरुको सफलताको शुभकामना व्यक्त गर्दै संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठ र महासचिव सुजनलाल श्रेष्ठले विदाई गरेका छन् ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले उक्त रेफ्रि सेमिनार र परिक्षामा नेपाली रेफ्रीहरुले राम्रो नतिजा ल्याई राष्ट्रको गौरव उच्च बनाउने संगै नेपालमा फेन्सिङ्गको विकासका लागि कोसे ढुगां सावित हुने बताए भने महासचिव श्रेष्ठले भविष्यमा हुने एशियाली खेलकुद प्रतियोगितामा समेत फेन्सिङ्गका प्राविधिक जनशक्तिले मौका पाउनेमा विश्वश्त रहेको उल्लेख गरे ।
