
पोखरा । शसस्त्र प्रहरी वल (एपिएफ) मा कार्यरत ३ जना ह्याण्डबल खेलाडीलाई कोरोना पुष्टि भएको छ ।
सर्लाही जिल्लामा ड्युटी तैनाथ रहेको वेला उनीहरुलाई कोरोना पुष्टि भएकोहो । कोरोना पुष्टि भएका मध्ये एक जना ह्याण्डबलका राष्ट्रिय खेलाडी हुन । उनी १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा समेत सहभागी रहेको नेपाल ह्यण्डबल संघका महासचिब सन्देश रेग्मीले जानकारी दिए ।
सक्रमित २ जना भने एपिएफ टिमका खेलाडी हुन । उनीहरुको स्वास्थ्य स्थिती सामान्य रहेको र आइसोलेसनमा राखेर उपचार भइरहेको महासचिब रेग्मीले बताए । संक्रमित सबै खेलाडीको सिघ्र स्वास्थ लाभको कामना गर्दै नेपाल ह्याण्डबल संघले सबै खेलाडीलाई शुरक्षित रहन अपिल समेत गरेको छ ।
