कास्की क्लबस्तरीय टी–२० लिग च्याम्पियनसिपमा पोखरा क्रिकेट क्लवको विजयी सुरुआत

पोखरा स्पोर्टस । पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबार क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेल सम्पन्न भएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबारीय क्लबस्तरीय टी–२० लिग च्याम्पियनसिपको उदघाटन खेल सम्पन्न भएको हो ।

सम्पन्न भएको खेलमा पोखरा क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबलाई १५ रनले पराजित गर्यो । टस जितेर व्याटिङ रोजेको पोखरा क्रिकेट क्लबले २० ओभरमा १२८ रन बनायो । अनिल गुरुङले ५८ रन बनाए । उनी अन्तिम ओभरमा क्याच भए । पोखरा क्रिकेट क्लबले ९ विकेटको क्षतिमा १२८ रन बनाउने क्रममा अनिल बाहेक अन्य व्याटरको योगदान उल्लेख्य देखिएन् ।

वाईनकिङ टी–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसिपमा सांग्रिलाका बलर तर्फ सुदिप पौडेलले तीन, राजु तामाङले तीन र विपिन खत्रीले दुई विकेट लिएका थिए । १२९ रनको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लब १९.१ ओभरमा ११३ रनमा समेटियो । १९.१ अ‍ोभर खेल्ने क्रममा सांग्रिलाका लागि विराट दवाडीले १६, विपिन खत्रीले १५ र अरुण अधिकारीले १३ रनको योगदान दिए । पोखरा क्रिकेट क्लबका बलर अनिष खड्काले ३ सुवास भण्डारीले २, अनिल गुरुङले २ विकेट लिए । प्रतियोगितामा पोखरा क्रिकेट क्लबका अनिल गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

संघको नयाँ नेतृत्वपछिको पहिलो कार्यक्रम अन्तर्गत क्लबस्तरीय टी–२० शनिबारीय लिग आयोजना गरेको हो । प्रतियोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले गरेका थिए । आगामी फागुन १४ गते शनिबार दुई खेल खेलाईने छ । प्रतियोगिता ९ हप्ता चल्ने छ ।

प्रतियोगितालाई व्यवसायिक संस्था वाईन किङले मुख्य प्रायोजन गरेको छ । १४ गते अरण्यज्योतिले कास्की क्रिकेट क्लबसँग र राईजिङ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

कास्की जिल्ला क्रिकेट संघको अध्यक्ष सन्जयकान्त सिग्देलको अध्यक्षतामा भएको उदघाटन समारोहमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मण योगी, प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ, संघका उपाध्यक्ष दिपेन्द्रप्रताप चन्द लगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close