
पोखरा स्पोर्टस । पोखरामा बिहिबार बाट सुरु भएको गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिताको पुरुष र महिला तर्फको १५ वटा खेलहरु सम्पन्न भएका छन् ।
नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशको आयोजनामा भएको उक्त प्रतियोगितामा पहिलो दिन १५ खेलहरु सम्पन्न भएका हुन् । विभिन्न तौल समुहका कुल २६ खेल मध्ये पुरुष/महिला जुनियर र सिनियर गरी ११ खेल बाँकी रहेको अध्यक्ष जगन बहादुर गुरुङले बताए । प्रदेशमा छनोट भएका खेलाडीहरुले राष्ट्रिय स्तरमा हुने प्रतियोगितामा भाग लिन पाउने उनले जानकारी दिए ।
पहिलो दिनको छनौट खेलमा पुरुष ५४ के.जि. समुह तर्फ कास्कीका मन्दिप सुनार प्रथम भएका छन भने बाग्लुङ्गका सुजन रसायली द्वितिय भए । सोही तौल समुहमा म्याग्दीका प्रमोद परियार र नवलपुरका सिजन भण्डारी तेस्रो भएका छन् । ६३ के.जि. समुह तर्फ प्रकास माझि पर्वत प्रथम भएका छन् भने नवलपुरका सुनिल महतो दोस्रो भएका छन् । त्यसैगरि कास्कीका कबिन्द्र ढुङ्गाना र बाग्लुङ्गका दिपेन्द्र गुरुङ्ग तेस्रो स्थानमा चित्त बुझाए ।
पुरुष ७४ के.जि. समुह तर्फ क्रिपेस शर्मा म्याग्दी, दिपेन सुनार कास्की क्रमश प्रथम र द्वितिय भएका छन् भने पर्वतका ईश्वर नेपाली र बाग्लुङ्गका शिव वि.क. तेस्रो भए । ५८ के.जि. मा सुजन कडेल पर्वत र कनक प्रधान म्याग्दी दोस्रो भएका छन । संगम परियार तनहुँ र सुजन रसायली बाग्लुङ्ग तेस्रो भएका छन् । ६८ के.जि. तौल समुहमा हेमन्त गुरुङ्ग कास्की र दिलिप वि.क. फाइनलमा प्रवेश गरेका छन । फाइनल खेल भोली हुनेछ । सोही समुह अन्तर्गत म्याग्दीका मिलन घिमिरे र पर्वतका गणेश नेपाली तेस्रो भएका छन । पुरुष ८० के.जि. तर्फ साकिल लामगाडे कास्की प्रथम र शंकर पौडेल पर्वत दोस्रो भएका छन भने म्याग्दीका राजकुमार परियार तेस्रो भएका छन् ।
महिला तर्फ ४६ के.जि. समुहमा ईशा गर्वुजा म्याग्दी प्रथम र प्रेम कुमारी दर्जी दोस्रो भएकी छन् भने उञ्जल अधिकारी कास्की तेस्रो भइन् । ४९ के.जि. तौल समुह अन्तर्गत कास्कीका सरीता बयलकोटी प्रथम र नवलपुरका महिमा महतो दोस्रो भएकी छन् । त्यसैगरि तेस्रो हुनेमा सोनिका थापा मगर गोरखा र स्वयता शाक्य म्याग्दी रहेका छन् । ५३ के।जि तौल समुह तर्फ रश्मी श्रेष्ठ म्याग्दी प्रथम र मोनालिसा मल्ल कास्की दोस्रो भएका छन भने अमिशा थापा बाग्लुङ्ग र विष्णु गुरुङ्ग गोरखा तेस्रो भएका छन् ।
महिला ५७ के.जि. तौल समुह अन्तर्गत अञ्जना परियार कास्की र सोनिया माझि पर्वत दोस्रो भएका छन तेस्रोमा दिपिका पाइजा म्याग्दी र समृती वि.क. गोरखा रहेका छन् । ६२ के.जी. अन्तर्गत पार्वती श्रेष्ठ कास्की र सोमा बुढा मगर म्याग्दी प्रथम र दोस्रो भएका छन् भने रजनी परियार पर्वत तेस्रो भएकी छन् । ६७ के.जितर्फ म्याग्दीकी सुष्मीता दर्जी म्याग्दी प्रथम र पर्वतकी स्मृती नेपाली, पर्वत र बाग्लुङ्गकी ममता खड्का तेस्रो भएका छन् ।
छनौट प्रतियोगिताका अन्य खेलहरु जारी रहेको र शुक्रबार १ः३० बजे समापन कार्यक्रम हुने प्रतियोगिताका संयोजक रमेश पौडेलले जानकारी दिए ।
