टाइगर ग्रुपद्वारा मेरो भ्वाइसका फाइनालिष्ट प्रथम गुरूङलाई पोखरामा स्वागत

पोखरा स्पोर्ट्स । टाइगर ग्रुप अफ पोखराले मेरो भ्वाइस युनिभर्स सिजन २ का फाइनालिष्ट प्रथम गुरूङलाई गृहनगर पोखरामा स्वागत गरेको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्मा, सचिब डीवी नेपालीलगायतले स्वागत गरेका हुन् । सो अवसरमा नेपाल भलिबल संघका उपाध्यक्ष एवं टाइगर ग्रुपका सदस्य याम गुरूङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरूङ, कोषाध्यक्ष हरि श्रेष्ठलगायतको सहभागिता थियो । 

बास्केटबल खेलाडी समेत रहेका प्रथम जापान अडिशनबाट छनोट हुँदै अन्तिम तीनमा पर्न सफल भएका छन् ।

टाइगर ग्रुपका अध्यक्ष शर्माले उनलाई स्वागत गर्दै उनको जीत शुनिस्चित गर्न पोखरेलीहरु संग आग्रह गरेका छन् । उनले भनेका छन्–“विदेशी भूमीबाट पोखरेली प्रथम गुरूङ अन्तिम तीनमा स्थान बनाउनु हामी सबैको लागि गर्वको विषय हो । उनलाई भोट गरी जिताउन म सबैलाई अपिल गर्दछु ।”

उनको स्वागतका लागि परिवारका सदस्यहरुसहित विभिन्न संघ संस्था एवं यूवाहरुको ठूलो जमात विमानस्थल पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close