जुनियर अक्वाथलन भोली शनिबार हुने

पोखरा स्पोर्टस । नेपाल ट्राईयाथलन संघको आयोजना तथा लिटिल डलफिन स्वीम स्कुलको सहआयोजनामा दोश्रो जुनियर अक्वाथलन प्रतियोगिता अन्तराष्ट्रिय खेल परिसर सातदोवाटो, ललितपुरमा भोली शनिबार पौष २४ गते हुने भएको छ ।

प्रमुख अतिथी माननिय युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ले प्रतियोगिताको समुद्घाटन तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको संघले जनाएको छ । २ कि.मि. पौडी, ४ कि.मि. दौड र १ कि.मि. पौडीको दुरी रहेको अक्वाथलन प्रतियोगितामा ३० खेलाडीहरुले सहभागिता जनाउने प्रतियोगिता निर्देशक शुभ श्रेष्ठले जानकारी गराएका छन् ।

स्कुल स्तरदेखिनै खेलाडीहरुलाई ट्राईयाथलन खेलमा आकर्षण गर्दै खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ हामीले जुनियर तथा स्कुलका खेलाडीहरुको लागि प्रतियोगिता संचालन गर्दै आएका छौं – संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए ।

हाल सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा ट्राईयाथलन प्रशिक्षकहरुले लामो समय देखि खेलाडीहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गर्दै आईरहेका छन् । प्रशिक्षणमा २० प्रशिक्षार्थीहरुको सहभागिता रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close