सुनिलको त्यो टाइटल विनिङ सट् जसले संकटा बन्यो च्याम्पियन

पोखरा स्पोर्टस । २२ औं सस्करणको पोखरा आहा रारा गोल्डकप खचाखच दर्शकको उत्साहका विच शनिवार पोखरा रंगशालामा फाइनल खेल भइरहेको थियो । अमेरिकाको भूटनिज यूथ स्पोर्टस क्लब (बिवाइएससी) मिनिसोटा अमेरिकाको सामना गरिरहेको संकटा युथ क्लबले ।

निर्धारित समयमा दुबै टिमले समान २–२ गोल गरेर बराबरी खेले । दुबै गोल खेलको पहिलो हाफमानै भएका थियो । निर्धारित समय ९० मिनेट सकिए पछि खेलमा समय थपियो । १५–१५ मिनेट । थपिएको समयको पहिलो हाफको १५ मिनेटमा कुनै गोल भएन । तर दोश्रो हाफमा खेलको ११६ औं मिनेटमा संकटाका सुनिलबलले टिमका लागि विनिङ गोल मात्रै गरेनन् टिमलाई च्याम्पियन बनाए । बलियो मानिएको बिदेशी क्लब बिवाइएससीलाई उपविजेतामा सिमित गरे । संकटाले उपाधि उचालेको यो दोश्रो पटक हो ।

खेलको पहिलो हाफमा संकटाले गोलको खाता खुल्यो । सुरजजी ठकुरीेले खेलको ७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको नै ३४ औं मिनेटमा टिमका लागि मेसुकेले दोश्रो गोल थपे । २ गोलले अघि रहेको संकटका लागि रेने सेन्टिलनले टिककाल लागि दोश्रो गोल गर्दै टिमको मनोबल बढाए । पहिलो हाफको एक्स्ट्रा टाइमको दोश्रो मिनेटमा विलिस ग्रिफिथले आकर्षक गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

को–को भए वेष्ट
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि संकटाका सुनिल बलले पाएका छन् । उनले उत्कृष्ट खेलाडीको उपाधि सहित इलेक्ट्रिकल स्कुटर हात पारे । प्रतियोगितामा उत्कृष्ट हुने विभिन्न विद्यामा समेत संकटाकै खेलाडीहरुको दबदबा रह्यो । उत्कृष्ट गोल किपर संकटाका टेकेन्द्र सिह थापा, उत्कृष्ट मिड फिल्डमा आयूष घलान, उत्कृष्ट स्ट्राइकरमा स्टेफेन बियोङ, उत्कृष्ट प्रशिक्षकमा सल्यान खड्गीले हात पार्दा सर्वाधिक गोलकर्तामा संकटाकै विदेशी खेलाडी मेसुके रहे । उनले प्रतियोगितामा कुल चार गोल गरेका थिए । यता वेष्ट डिफेन्डरमा बिवाइएससीका हेक्टर ओर्टेगाले बाजी मारे । उनीहरु सबैले ट्रफीका साथ जनही नगद २५ हजार हात पारेका छन् ।

च्याम्पियन टिम संकटाले नगद १२ लाखका साथमा ट्रफी र उपविजेता बिवाइएससीले नगद ६ लाख हात पारेको छ । विजयी टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङल, एन्फा केन्द्रिय अध्यक्ष पकञ्ज विक्रम नेम्वाङगायतले नगद, ट्रफी र मेडल वितरण गरेका थिए ।

गत पौष १४ गतेबाट सञ्चालन भएको प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close