
पोखरा स्पोर्टस । २० औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७८ सफल बनाउन सहारा क्लब पोखराले १७ सदस्यिय उपसमिती गठन गरेको छ ।
आगामी माघ ६ देखि १५ गते सम्म आयोजना हुने २० औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितालाई भव्य संगै सफल बनाउन १७ सदस्यिय उपसमिती गठन गरेको क्लबले जनाएको हो । क्लबका महासचिव रामजी प्रसाद अधिकारीका अनुसार क्लबका मानार्थ सदस्य एवम सल्लाहकार सहित उक्त उपसमिती गठन गरिएको जनाइएको छ ।
गठित उपसमिती अन्तर्गत आर्थिक संकलन एब व्यवस्थापन उपसमितीको संयोजकमा क्लवका सल्लाहकार समेत रहेका सुनिल गुरुङ रहेका छन् भने प्रचार प्रसार उपसमिती संयोजकमा क्लबकै सल्लाहकार दिपेन्द्र श्रेष्ठलाई मनोनयन गरिएको छ । त्यस्तै स्वयम सेवक परिचालन उपसमिति संयोजकमा मानार्थ सदस्य प्रकाश शेरचन, शान्ति सुरक्षा ब्यबस्थापन उपसमिती संयोजकमा मानार्थ सदस्य खेम बहादुर गुरुङ, खेल मैदान ब्यवस्थापन उपसमिती संयोजकमा सल्लाहकार तोरण बहादुर बाँनिया, आवास व्यवस्थापन उपसमिती संयोजकमा सल्लाहकार मुक्षेत्र गुरुङलाई मनोनय गरिएको छ ।
गठित उपसमितीको सहभागी टिम सम्पर्क संयोजकमा क्लवका पुर्व अध्यक्ष बिक्रम थकाली, अतिथि सत्कार व्यवस्थापन उपसमिती संयोजकमा क्लवका सल्लाहकार गणेश बहादुर भट्टराइ, आयोजक टिम तयारी उपसमिती संयोजकमा क्लवका पुर्व अध्यक्ष वीरभद्र आचार्य, मञ्च ब्यवस्थापन उपसमिती संयोजकमा सल्लाहकार शम्भु कार्की, प्राथमिक उपचार व्यवस्थापन उपसमिती संयोजकमा सल्लाहकारमा डा.रबिन्द्र प्रसाद श्रेष्ठलाई मनोनयन गरिएको क्लवले जनाएको छ ।
त्यसै गरी प्राबिधिक तथा अनुशासन उपसमिती संयोजकमा सस्थापक अध्यक्ष बसन्त थकाली, शिल्ड मेडल ट्रफि प्रमाणपत्र व्यवस्थापन उपसमिती संयोजकमा सस्थापक सचिब पुर्ण बहादुर गुरुङ, लियाजन व्यवस्थापन उपसमिती संयोजकमा सल्लाहकार खड्ग बहादुर रानाभाट, यातायात व्यवस्थापन उपसमिती संयोजक सल्लाहकार योगेन्द्र बहादुर केसी, संघ सस्था समन्वय उपसमिती संयोजक सल्लाहकार टीका बहादुर कार्की र सचिवालय व्यवस्थापन उप समिती संयोजकको जिम्मेवारी निवर्तमान अध्यक्ष केशवबहादुर थापाले सम्हाल्ने छन् ।
सहारा क्लवको पोखरा रंगशालामा सञ्चालन हुने २० औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता भब्यरूपमा सञ्चालन गर्न ५ सय १ मुल आयोजक कमिटी यस अघिनै गठन गरिसकेको छ । आहा रारा गोल्डकपबाट वचत भएको रकमबाट क्लबले पोखरा १७ महतगौंडामा सञ्चालन गर्दै आएको सहारा एकेडेमीमा रहेका १४ जिल्लाका विपन्न तथा कठिन परिस्थितीका २४ जना बालकहरुलाई पालनपोषण संगै उनीहरुको शैक्षिक उन्नती कार्यमा खर्च गर्नेछ ।
