वर्ल्डलिंक सँग अनलाइन पत्रकार संघ गण्डकीको सहकार्य

पोखरा । वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेड र अनलाइन पत्रकार संघ गण्डकीले सहकार्य गर्ने भएको छ । उनीहरुबीच निशुल्क इन्टरनेट जडान सम्झौता भएको हो । सोमबार सम्झौता पत्रमा वर्ल्डलिंकको तर्फबाट गण्डकी प्रदेशका क्षेत्रीय बजार अधिकृत हेम गुरुङ र अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको तर्फबाट अध्यक्ष कमल सुवेदीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा अनलाइन पत्रकार संघ गण्डकी मार्फत आएका अनलाइन पोर्टलहरुलाई वर्ल्डलिंकले इन्टरनेट जडान सुविधा निशुल्क रुपमा उपलब्ध गराउने उल्लेख गरिएको छ । निशुल्क इन्टरनेट उपलब्ध गराएबापत अनलाइन मिडियाहरुले वर्ल्डलिंकको प्रचारात्मक सामाग्री प्रकाशन गर्नुपर्ने सम्झौतामा बताइएको छ ।

वर्ल्डलिंकका गण्डकी प्रदेश क्षेत्रीय बजार अधिकृत हेम गुरुङले मिडियासँग साझेदारी गर्दै आगामी कार्यक्रम तय गरिने जानकारी गराए । उनले पोखरा लगायत गण्डकी प्रदेश भित्र दर्ता भएका अनलाइन पोर्टलहरुलाई वर्ल्डलिंकले निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने बताए ।  मिडियाका लागि इन्टरनेट र इन्टरनेटका लागि मिडिया भन्ने अभिप्रायले आफुहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्य गरिरहेको भनाई उनको छ ।

अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष कमल सुवेदीले पहिलो चरणमा पोखराबाट संचालित ३० वटा अनलाइन पोर्टलहरुलाई वल्र्डलिंकले निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराएको बताए । ‘हामीले पहिलो चरणमा पोखराबाट संचालित भएका ३० वटा अनलाइन पोर्टलहरुलाई इन्टरनेट सुविधा उपलब्ध गराउने गरी सम्झौता गरेका छौं , उनले भने, वर्ल्डलिंकसँग प्रदेशका अन्य जिल्लाबाट संचालित भएका अनलाइनहरुलाई पनि इन्टरनेट उपलब्ध गराइनेछ ।’

सुवेदीले वर्ल्डलिंक मार्फत प्राप्त निशुल्क इन्टरनेटका कारण खर्चमा कटौती हुने बताए । सो सम्झौता स्पेक्स् फोर्टीनको समन्वयमा गरिएको हो । स्पेक्स् फोर्टीनले पोखरा केन्द्रीत रहेर विज्ञापन एजेन्सी लगायत इभेण्ट म्यानेजमेण्टको काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close