शुक्रबार बाट पोखरा रंगशालामा खेलाडीलाई खोप, को कसले पाउँदैछन

पोखरा स्पोर्टस । कास्कीका खेलाडीलाई शुक्रबार बाट पहिलो चरणको कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ ।

विश्वमा कोभिड १९ को महामारीका कारण करिव १६ महिना पछि कास्कीका खेलाडीले खोपको अवसर पाउने भएका हुन । राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिती कास्की र पोखरा महानगर खेलकुद विकास समितीको पहलमा खेलाडीलाई पहिलो चरणको खोप वितरण गर्न लागिएको हो ।

खेलकुद लाई चलायमान बनाउन चार वटा संस्थाले खोपका लागि जिल्ला प्रशासन कार्यालय संग पटक–पटक आग्रह गरेको बताए । उनले पहिलो चरणमा गण्डकी प्रदेशका ११ जिल्लाका लागि १ हजार एक खोपका लागि प्रदेश सरकारलाई आग्रह गरिएको बताउँदै भने–“पहिलो चरणमा नवौं राष्ट्रिय खेलकुदको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, निर्णायक, जिल्ला खेलकुदका पदाधिकारी र खेल संघहरुलाई गरी एक हजार खोप प्रदेश सरकार मार्फत आग्रह गरेका छौं ।”

सदस्य सचिव गुरुङले कास्कीका लागि पहिलो चरणमा चार सय खोप प्राप्त भएको बताउँदै भोली शुक्रबार कास्कीमा रहेका ३६ खेल संघका ११–११ जना खेलाडीलाई खोप लगाइने बताए । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारीको भनाई थानेश्वर गौतमको भनाई उद्धृत गर्दै सदस्य सचिव गुरुङले भने–“कास्कीमा यति बेला चार सय खोप बाट शुरुवात गरौं भन्नु भएको छ, दोश्रो चरणमा वाँकी सवै खेलाडी, प्रशिक्षक, निर्णायक र खेल संघका पदाधिकारीहरुलाई वितरण गर्नेछौं ।”

खोप लगाउने कार्यक्रम शुक्रबार बिहान साढे ८ बजे बाट शुरु हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close