पोखरामा आइटिएफ वर्ल्ड र्‍याकिङ टेनिस टुर जारी (फोटो फिचर)

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कम्लेक्समा गर्ल्स/ब्वाइज यू–१८ वर्ल्ड र्‍याकिङ टेनिस टुर आज दोश्रो दिन पनि जारी रहेको छ ।

आज भएको ब्वाइज एकलतर्फको खेलमा नेपालका नं १ सिडिङ खेलाडी आराभ सम्राट हाडाले भारतका निखिल मित्तलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरेका छन् । त्यस्तै एकलतर्फ नै भारतका हितेश चौहानले ब्राजिलका ब्रेनो उरभानेजालाई ५–७, ७–६(१) र ६–२ को कठिन जित निकाले भने अर्को एक खेलमा भारतका चिन्मय मितुल पटेलले नेपालका राज प्रधानलाई ६–३, ६–० को सोझो सेटमा पाखा लगाए ।

ब्वाइज एकलतर्फनै अमेरिकाका जय दत्तले नेपालका अर्यान गिरीलाई टाइव्रेकरमा ४–६, ६–२ र ६–० ले पराजित गर्दा रसियाका मात्वे ग्रेसनरले नेपालका सक्षम विक्रम शाहलाई ६–३, ६–० को सोझो सेटमा पराजित गरे ।

यस्तै गर्ल्स एकलतर्फ नेपालले पहिलो दिनको खेलमा अपेक्षाकृत रुपमा राम्रो पदर्शन गरेको भए पनि दोश्रो दिनको खेलमा भने नेपाली गर्ल्सतर्फका सलोनी तामाङ र सर्वानी श्रेष्ठ बाहेक अन्य खेलाडीको पदर्शन फितलो रह्यो ।

सम्पन्न खेलमा भारतकी दिभा भाटियाले नेपालकी शुभाङ्गी लक्ष्मी शाहलाई ६–०–६–० ले पराजित गरिन भने नेपालकी सलोनी तामाङले भारतकी रिशिता रेड्डीलाई ६–०, ६–१ ले, भारतकी शुभमनी भण्डारीले नेपालकी इशा श्री शाहलाई ६–३, ६–० ले, भारतकी अनुश्री पाण्डेले नेपाली अजा रेग्मीलाई ६–२, ६–१ ले, भारतकी श्री निधी रेड्डी नेपालकी रायना शाहलाई ६–३, ६–३ ले पराजित गरेका छन् । त्यस्तै गर्ल्स एकल तर्फ भारतकी शोहनी सञ्जय मोहन्ती नेपालकी आयाशा डोल्कर गुरुङलाई ६–२, ६–३ ले र नेपालकी सर्वानी श्रेष्ठले भारतकी श्रीतन्मी दशरीलाई ६–७ (१), ६–०, ६–२ को कठिन जित दर्ता गरिन ।

यस्तै ब्वाइज डवल्सतर्फ इजरायलका हलेल आशुष र अलेक्जण्डरको जोडीले नेपालका इशान गुरुङ र प्रवण मानन्धरलाई ६–२, ६–० ले, भारतका आर्य भट्टचार्य र ओमन्स चौधरीको जोडीले नेपालका एभ्याक जोशी र प्रशिद्ध मोक्तानको जोडीलाई ६–०, ६–० ले, अमेरिकाका मिथर व्यारट र शिदार्थ लामाको जोडीले नेपालका आयूष्मान घले र सक्षम शाहको जोडीलाई ६–०, ६–० ले र नेपालका आर्यान गिरी र आराभ सम्राट हाडाको जोडीले भारतका हितेश चौहान र चन्दन शिवराजको जोडीलाई पराजित गर्दा भारतका धन्नजय आत्रेया र वाइड ओर्वाएनले ब्राजिलका नेतन र जुनिएर रिवेरोलाई पराजित गरे ।

त्यस्तै अन्य गर्ल्स डवल्समा भने नेपालका खेलाडीहरुले शुखद पदर्शन गरेका छन् । नेपालका खेलाडी जोडी अभिलाष विष्ट र सलोनी तामाङको जोडी, रायनशाह र प्रकृती श्रेष्ठको जोडी, शुभाङी लक्ष्मी शाह र अज रेग्मीको जोडीले आफ्नो खेल जितेका छन् । दिसेम्वर ११ अर्थात मंसिर २५ गते सम्म हुने प्रतियोगिता अन्तर्गत नेपाल सहित विभिन्न देशका ११९ जना खेलाडी पोखरा आएका छन् । प्रतियोगितामा नेपालका व्वाइज र गर्ल्सतर्फ गरी २६ जना खेलाडी प्रतिष्पर्धा गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close