हिले दशरथ रंगशाला र हेलामा परेको सुन्दरताले भरिएको पोखरा रंगशाला (तस्विरमा)

पोखरा स्पोर्टस/सुदर्शन रञ्जित । देशकै प्रतिष्ठित दशरथ रंगशालाको अवस्था यति बेला नाजुक छ । देशको खेलकुदको मुख्य निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)को संरक्षणमा रहेको दशरथ रंगशालाको दुर्गती बारे चर्चा भइरहँदा देशकै सर्वाधिक दर्शक क्षमताको पोखरा रंगशाला भने हेलामा छ ।

कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्षम पोखरा रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न काठमाण्डौ तयार छैन । राज्यको अर्वौको सम्पती खर्च भएको पोखरा रंगशालामा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता नहुँदा असरल्ल छ ।

निर्माण कम्पनीको बाँकी बकौता रकम नपाउँदा निर्माण सम्पन्न भए पनि हस्तान्तरण हुन सकेको छैन । राखेपको अनिर्णयको बन्दी बनेका पोखरा रंगशाला मात्रै नभई पोखराको लेखनाथस्थित आदर्श खेल मैदान समेत असरल्ल छ ।

शुक्रवार खुलेको हिमाल, दुई वटा फुटबल मैदान भएको एक मात्र पेाखरा रंगशाला साथमा क्रिकेट खेल मैदान पनि ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close