‘एट ए साइड भेट्रान्स एट ए साइड फुटबल’ प्रतियोगिताको मिती सर्‍यो

पोखरा स्पोर्टस । पोखराको प्रतिष्ठित संस्थाको रुपमा स्थापित बगर भाई खलकले आयोजना गर्ने ‘एट ए साइड भेट्रान्स अन्तर्राष्ट्रिय एट ए साइड फुटबल प्रतियोगिता’को मिति सरेको छ ।

संस्थाको मंगलबार बसेको बैठकले प्रतियोगिताको मिति सार्ने निर्णय गरेको हो । पुष १९ देखि २४ गते सम्म सञ्चालन हुने भनिएको ‘५ औं स्व.रञ्जित गुरुङ स्मृती तथा ११ औं एट ए साइड भेट्रान्स अन्तर्राष्ट्रिय एट ए साइड फुटबल प्रतियोगिता’ अव पुषको २६ देखि माघ १ गते सम्म सञ्चालन हुने भएको छ । प्रतियोगिताका लागि तमु धिं यूकेका अध्यक्ष हितकाजी गुरुङ सहित ४० जना यूके बाट पोखरा आउने कार्यक्रम तय भएको अध्यक्ष गुरुङले जनाएका छन् ।

संस्थाका अध्यक्ष दिल बहादुर गुरुङका अनुसार संस्थाको यूके स्थित भातृ संस्था बगर भाई खलक यूकेको आग्रह तथा टुँडी खेल मैदानको स्त्तरोन्नती समेत भइरहेकोले प्रतियोगिताको मिति सारिएको बताए । उनले भने–“बगर भाई खलक यूकेको नेतृत्वमा ४० जना भन्दा वढी महानुभावहरु यूकेबाट आउने भएकोले उहाँहरुको सुविधाका लागि नयाँ मिति तय गरेका छौं ।”

त्यसै गरी हेटौंडामा आयोजना हुने भेट्रान्स फुटबल प्रतियोगिताका कारण यस अघि घोषित २०७८ पुष ३ गते हुने भनिएको साधारण सभा समेत फागुन २१ गते शनिबारका लागि सारिएको अध्यक्ष गुरुङले जनाएका छन् । साधारण सभाको घोषित मितिमा नै हेटौडामा प्रतियोगिता हुने भएको र बगर भाई खलक २ पटकको डिफेन्डिङ च्याम्पियन समेत रहेकोले साधारण सभाको मिति समेत सार्नु परेको अध्यक्ष गुरुङले बताए । उनले भने–“हामी अव हेटौडामा तेश्रो पटक च्याम्पियन हुँदै जितको ह्याट्रिक गर्न चाहन्छौ र त्यसका लागि आवश्यक तयारी समेत गर्नुपर्ने हुन्छ ।”

“स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने उद्घोषका साथ ११ वर्ष अघि प्रतियोगिताम्क रुपमा ४० वर्ष माथीको भेट्रान्स फुटबल प्रतियोगिता शुरु गरेको बगर भाई खलकले नेपालमा नै पहिलो पटक भेट्रान्स फुटसल प्रतियोगिता आयोजना गर्ने समेत घोषणा गरेको छ भने ११ औं संस्करणको प्रतियोगिताका लागि पुरस्कार राशीमा वृद्धी गरेको छ ।

‘५ औं स्व.रञ्जित गुरुङ स्मृती तथा ११ औं एट ए साइड भेट्रान्स अन्तर्राष्ट्रिय एट ए साइड फुटबल प्रतियोगिता’को प्रथम पुरस्कार उपाधी सहित १ लाख ५१ हजार १ सय ११ तथा दोश्रो हुने टिमलाई ७५ हजार ५ सय ५५ प्रदान गर्ने संस्थाले निर्णय यस अघि नै घोषणा गरिसकेको छ । गत वर्षको भन्दा प्रथम पुरस्कारमा ५० हजार र दोश्रोमा २० हजार वृद्धी गरिएको अध्यक्ष गुरुङले बताउँदै यसका लागि सबै सरोकारवालाहरुको सहयोगको खाँचो रहेको उल्लेख गरे ।

यसै गरी बगर भाई खलकले टुँडीखेल स्त्तरोन्नतीका लागि भोली बुधबार एक कार्यक्रमका विच निर्माण उपभोक्ता समितीलाई एक लाख हस्तान्तरण गर्ने भएको छ । संस्थाले मैदान स्त्तरोन्नत्ीका लागि १ लाख ५१ गत वर्ष नै हस्तान्तरण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close