
पोखरा स्पोर्टस । काठमाडौं/एशियन यु–१४ र्याकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंग्लसमा दर्शिल श्रेष्ठ फाइनलमा पुगेका छन् ।

सातदोवाटो स्थित टेनिस कोर्टमा जारी स्पर्धामा दर्शिलले भारतका शिदार्थ जिवुलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् । दर्शिलले बुधबार सम्पन्न सेमीफाइनलमा भारतका शिद्धार्थलाई ६–१, ६–१ ले पराजित गरे । उनले अव फाइनलमा सक्षम विक्रम शाह सँग फाइनलमा भिड्ने छन् ।
त्यस्तै भर्खरै सम्पन्न ब्वाइज डवल्सतर्फको फाइनलमा आफ्ना प्रतिष्पर्धीलाई पराजित गर्दै नेपाली जोडीले उपाधि जितेको छ । डवल्सतर्फका दर्शिल र सक्षमको जोडीले श्लोकेस्वर खडका र शिद्धार्थ जिवु (भारत)का खेलाडीलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरी जारी प्रतियोगिताको उपाधि जितेका हुन् ।
यता नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले काठमाडौं÷एसियन यु–१४ र्याकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गर्ल्स डबल्समा बुधबार स्वर्ण जितेका छन् ।
सादोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे । प्रशंसा र सुनिराको जोडी सर्किट– १ को पनि विजेता हुन् ।
