
पोखरा स्पोर्टस । पोखरामा चार वटा अन्तर्राष्ट्रिय व्राण्ड कम्पनीका स्पोर्टस वेयर तथा क्याजुअल ड्रेसहरु एकैथलोमा पाइने भएको छ ।
विशेष गरी नेपाली बजारमा उपभोक्ताले रुचाएका अन्तर्राष्ट्रिय व्राण्डका केल्मी, पुमा, पिटर इङ्ल्याण्ड र मिर्टस बोनवीका स्पोर्टस वेयर तथा क्याजुअल ड्रेसहरुको शोरुम सञ्चालनमा आउने भए पछि एकै थलोमा किन्न पाइने भएको हो । चार वटा अन्तर्राष्ट्रिय व्राण्डका सामाग्री सहित गण्डकी प्रदेशको राजधानी पोखरामा अहिले सम्मकै ठूलो शोरुम सञ्चालनमा ल्याएको दावी गर्दै शोरुमका सञ्चालक राज रम्तेलले पोखराका उपभोक्ताहरुलाई आफ्नै घर आङ्गनमा सेवा दिन एकैथलो बाट विक्रि वितरण शुरु गर्न लागिएको बताउँदै भने, “चार वटा व्राण्डहरु पोखरेली समक्ष पुर्याउन पाउँदा हामी निकै गौरवान्वित छौं ।”

अन्तर्राष्ट्रिय व्राण्डका केल्मी, पुमा, पिटर इङ्ल्याण्ड र मिर्टस बोनवीका स्पोर्टस वेयर तथा क्याजुअल ड्रेसहरुको पहिलो पटक आधिकारिक पोखराको न्यू रोडमा शो रुम यहि कार्तिक १४ गते बाट शुरु गर्न लागिएको जानकारी दिंदै सञ्चालक रम्तेलले भने, “धेरै उपभोक्ता यहि सामाग्री किन्न काठमाडौं धाउनुपर्ने वाध्यतालाई हामीले तोड्दै छौं ।” गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङबाट उद्घाटन हुने शो रुम बारे जानकारी दिंदै उनले पोखरामा चार वटै व्राण्डका गरी ३० हजार भन्दा वढी उपभोक्ताहरु पोखरामा रहेको बताए । उनले पोखरामा खेलकुद गतिविधि संगै पोखराको पर्यटन क्षेत्रलाई समेत मध्यनजर गर्दै आधिकारिक शोरुमा सञ्चालनमा ल्याएको बताए ।
नेपालमा राजधानी लगायत विभिन्न शहरहरुमा केल्मीका २४, पुमाको १३, पिटर इङल्याण्डका ३० र मिर्टस बोनवी व्राण्डका केही शोरुमहरु सञ्चालनमा रहेको रम्तेलले जानकारी दिए ।

One Comment