‘सीताराम मास्के स्मृति सेपाकताक्रो तयारी गर्नुस’ सदस्य सचिब विष्ट

काठमाडौ, ६ फागुन ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले सीताराम मास्के स्मृति राष्ट्रिय सेपाकताक्रो प्रतियोगिता आयोजनाका लागि नेपाल सेपाकताक्रो संघलाई तयारी गर्न भनेका छन् ।

राखेप अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान ९सान० र सेपाकताक्रो संघको संयुक्त आयोजनामा सोमबार सम्पन्न सेपाकताक्रोको राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कोर्समा सदस्य–सचिव विष्टले प्रतियोगिताका लागि तयारी गर्न भनेका हुन् ।

‘प्रत्येक वर्ष उहाँ ९सीताराम मास्के० को स्मृतिमा प्रतियोगिता आयोजना गर्ने गरी तयारी थाल्नुस । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्ले सक्दो सहयोग गर्नेछ ।’– सेपाकताक्रो संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका सदस्य–सचिव विष्टले भने । स्व। मास्के सेपाकताक्रो संघका संस्थापक अध्यक्ष हुन् ।

छ दिने कोर्समा विभिन्न २० जिल्लाबाट २४ को सहभागिता रहेको थियो । त्यसमा संखुवाशभाका मेघराज तोलंगी, नवलपुरका विजय महतो र सप्तरीकी कल्पनाकुमारी चौधरी क्रमशः शीर्ष तीन स्थानमा रहे ।

सहभागीलाई थाइल्यान्डका प्रशिक्षक सोकितले प्रशिक्षण दिएका थिए । सहभागीलाई सदस्य–सचिव विष्टले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close