सामाजिक विकास मन्त्रालयका सचिव कुंवरलाई भलिबल संघको स्वागत

पोखरा स्पोर्टस । जिल्ला भलिबल संघ कास्कीले गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमा हालसालै मात्र सरुवा भएर आएका सामाजिक विकास मन्त्रालयका सचिव बिनोद कुँवरलाई स्वागत गरेको छ ।

संघले आईतबार एक औपचारिक कार्यक्रम गरी सचिव कुँवरलाई स्वागत गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य राजिव पहारी, जिल्ला भलिबल संघ कास्कीका अध्यक्ष भीम पराजुली, राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सम्पन्न श्रेष्ठलगायतले माला र खादा लगाएर सचिव कुँवरलाई स्वागतसहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

भव्य स्वागत पाएर दंग परेका सामाजिक विकास मन्त्रालयका सचिव बिनोद कुँवरले गण्डकी प्रदेशको पहिचान खेलकुदपनि भएकाले सो पहिचान कायम गर्नेगरी आफूले काम गर्ने प्रतिबद्धता जनाए । खेलकुदलाई उच्च प्राथमिकता दिएर योजना निर्माण र कार्यान्वयन गर्ने उनको भनाई थियो । सचिव कुँवरले सिमित श्रोत र साधनकाबीच काम गर्नुपर्ने बाध्यता रहेको बताउँदै उक्त सिमित श्रोत र साधनको उच्च प्रयोग गरेर सरकारले अगाडि सारेका योजना प्रभावकारी कार्यान्वयन गर्नेसमेत प्रतिबद्धता जनाए । प्रदेशको राजधानी कास्कीबाट प्रदेशका अन्य १० जिल्लाले सिक्ने र अभिभावकत्वको अपेक्षा गर्ने भएकाले खेल गतिविधि पनि सोहि अनुसार गर्न उनले सुझाव दिए ।

प्रदेश सांसद राजिव पहारीले गण्डकीबासी जनताले गर्व गर्ने र पछिसम्म जनजनको मनमनमा बस्नेगरी सचिव कुँवरले काम गर्ने विश्वास व्यक्त गरे । राखेप सदस्य सम्पन्न श्रेष्ठले खेलाडी उत्पादनमा अगुवाई गरिरहेको गण्डकी प्रदेश अहिले सुस्ताएको भन्दै सुस्ताउनुको कारण खोजेर समस्या समाधान गर्नुपर्ने बताए ।

जिल्ला भलिबल संघ कास्कीका अध्यक्ष भीम पराजुलीले प्रदेशलाई खेलकुदको हब बनाउन आफूहरु लागिरहेको भन्दै त्यसको प्रयास स्वरुप मुख्यमन्त्री कप भलिबल प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनका अनुसार फागुन ४ गतेदेखि ८ गतेसम्म पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा प्रतियोगिता हुनेछ । जसका लागि जिल्ला जिल्लामा खेलाडी छनौट प्रक्रिया चलिरहेको उनले बताए ।

Pokhara Marathon Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close