
पोखरा स्पोर्टस । ओलम्पियनहरुको छाता संस्था नेपाल ओलम्पियन एशोसियसनको अध्यक्षमा दिपक विष्ट निर्वाचित भएका छन् ।

तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी तथा ओलम्पियन विष्टले बुधबार सम्पन्न निर्वाचनमा अत्याधिक मतका साथ अध्यक्ष पदमा विजयी भएका हुन । कुल ४९ मतमा विष्टले ४१ मत पाउँदा उनका प्रतिष्पर्धी रविराज थापाले जम्मा ४ मत पाएको निर्वाचन समितीले जनाएको छ । त्यस्तै उपाध्यक्षमा प्रविण तुलाधार निर्वाचित भएका छन् भने महिला कोटाको उपाध्यक्षमा संगिना वैद्य निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त इन्द्रा मल्लले जानकारी दिएकी छन् ।
सम्पन्न निर्वाचनमा महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा, कोषाध्यक्षमा डा.स्नेह राणा निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरी सदस्यमा राजकुमारी पाण्डे, विमला राना मगर, कान्छी माया कोजु, विमला रिजाल, विष्णु वहादुर सिंह, टिकाराम श्रेष्ठ, मुकुन्द हरि श्रेष्ठ, सफल राम श्रेष्ठ र रन्जन श्रेष्ठ निर्वाचित भएका छन् ।
आगामी चार वर्षका लागि निर्वाचत पदाधिकारीहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जिवनराम श्रेष्ठले निर्वाचित कमिटीले ओलम्पिकको मुल मर्मलाई आत्मसाथ गर्दै खेलाडीको हितमा कार्य गर्न आग्रह गरे ।
