
पोखरा स्पोर्टस । इलामबाट साइकल यात्रामा निस्किएको विश्वका चर्चित साइक्लिष्ट पुष्कर शाह सहितको टोलीलाई लोकतान्त्रिक खेलकुद संघ गण्डकीले स्वागत सहित पोखरा बाट विदाई गरेको छ ।

करिव एक महिनाको साइकल यात्रामा निस्किएको टोली बुधवार पोखरा आइपुगेको थियो । करिव ५० जनाको साइकल टोली १५ दिन अघि इलामबाट साइकल यात्रा मार्फत पोखरा आइपुगेको थियो । पोखरा बाट विहिबार बागलुङ हुँदै राराको लागि हिँडेको टोलीलाई लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र शेरचन, गण्डकीका अध्यक्ष हरिश्वर पोखरेल, उपाध्यक्ष विद्या मर्सानीले स्वागत सहित विदाई गरेका थिए ।
लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य समेत रहेका चर्चित साइक्लिष्टि शाहले लोकतान्त्रिक खेलकुद संघ गण्डकीलाई स्वागत र विदाईका लागि आभार व्यक्त गरेको लोकतात्तिक खेलकुद गण्डकीका अध्यक्ष पोखरेलले पोखरा स्पोर्टसलाई बताए । उक्त टोली साइकलबाट रारा पुगेर रारा बाट कोहलपुर सम्म साइकल यात्रा गर्ने कार्यक्रम रहेको अध्यक्ष पोखरेलले जानकारी दिए ।
