पोखराका प्रदिप र नबिनलाई टेनिसतर्फ सागमा कास्य

पोखरा, १३ औं दक्षिण एसियाली खेलकुद (साग)को टेनिस खेल तर्फ पोखराका दुई जना यूवा टेनिस खेलाडीले टिम इभेन्ट तर्फ कास्य पदक जितेका छन ।

पोखराका प्रदिप खडका र नविन मगरले टिम इभेन्ट तर्फ कास्य पदक जितेका हुन । करिब ८ वर्ष अघि देखि टेनिस सिक्न थालेका दुबै यूवाहरु ‘बल ब्याए’ का रुपमा टेनिसमा प्रवेश गरेको कास्की जिल्ला टेनिस संघका निवर्तमान अध्यक्ष बिनोद कायस्थले बताए ।

पोखरा प्रस्याङ् स्थित टेनिस कोर्ट कुनै बेला पोखराका टेनिस खेलाडीका मुख्य स्थल थियो । पोखरा रंगशालामा कोर्ट निर्माण पछि अहिले प्रस्याङको चर्चा त्यती छैन । त्यही कोर्टमा पोखराका टेनिसमा रुची राख्नेहरुको राम्रै जमघट हुने गरेको कायस्थ बताउँछन । कमजोर आर्थिक परिवार बाट हुर्के बढेका उनीहरुको टेनिसका खेलाडीको संगतले सानै उमेर बाट टेनिसको र्याकेट छुने अबसर प्राप्त गरे । जुन अवसर १३ औं सागमा कास्य पदक सम्म पुग्न सक्यो ।

प्रदिपको घर ओखलढुङा भए पनि उनी पोखरामा नै हुर्के बढे । म्याग्दीका नबिन पनि सानै उमेर बाट पोखरामा नै बसे हुर्के बढे । दुवैको बुवा छैनन । आमाहरुले हुर्काए बढाए । सागमा मेडल जित्दाको क्षणमा अत्यन्तै खुसी लागेको दुबैले बताए । उनीहरुले एक साथ भने– ‘सोचेकानै थिएनौ तर कास्य जित्यौ ।’ यो जितले पोखरा टेनिस खेलको हव बन्दै गएको छ भन्नेमा कुनै दई मत छैन ।

पोखरा रंगशालामा हुने कुनै पनि टेनिस खेलका प्रतियोगिताहरुमा यि दुवै यूवा खेलाडीको प्रत्यक्ष सहभागिता रहने गर्छ । टेनिस कोर्टलाई ‘मेन्टेन’ गर्ने देखि कहिले काही निर्णायकको भूमिका समेत निर्वाह गर्छन । टेनिस यि खेलाडीहरुको नसा–नसा दौडेको भान हुन्छ । संधै टेनिस कोर्टमा नै व्यस्त हुन्छन । आठौं राष्ट्रियमा समेत गण्डकी प्रदेशका तर्फ बाट उत्कृष्ट प्रदर्शन गर्दै पदक समेत जितेका थिए ।

करिब चार महिना भयो साग तयारीका लागि यि दुबै यूवाले पोखरा छोडेको । काठमाडौमा बन्द प्रशिक्षणमा रहेर निकै मेहनत गरेको दुबैले बताउँछन । ‘सबै कुरा विर्सेर अथक मेहनत गरेका थियौं’ उनीहरुले भने–‘जे जस्तो भयो त्यस्मा निकै खुसी छांै ।’ बल व्याए देखि राष्ट्रिय खेलाडीमा उभ्याउन मात्र नभई पदक जितेर राष्ट्रको गौरब बढाउन प्रदिप र नविन सबैका लागि उदाहरण बनेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close