
पोखरा स्पोर्टस । पोखराका पवन गुरुङ आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन ।

काठमाडौमा जारी छनोट खेलमा पवनले शसस्त्र प्रहरी बल (एपिएफ)का झलक रोकायलाई पराजित गर्दै ६३ केजी तौल समुहको फाइनलमा प्रवेश गरेका हुन । उनले फाइनलमा नेपाल पुलिसका भुपेन्द्र थापा मगर संग भिड्ने छन । भुपेन्द्रले नक्सालका आयुशमान चटौतबाट वाकओभर पाएका थिए ।
त्यस्तै एचटुओका रविन थापा र एपीएफका प्रदीप महर्जन आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ५१ केजीमा फाइनलमा प्रवेश गरेका छन् । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा रविनले नेपाल प्रहरीका चन्द्र थापा मगर तथा प्रदीपले अल्फाका विशेष बुढा मगरलाई पराजित गरे ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भइरहेको प्रतियोगिताको ५७ केजीमा एपीएफका पुरन राईले दाङका निसम घर्ती मगर तथा बक्समान्डुका सरोज महर्जनले नेपाल आर्मीका पुरन सुनवारलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे । ७१ केजीमा एपीएफका विकास लामाले नक्सालका यमराज चौलागाईं तथा आर्मीका दीपेश लामाले एचटुओका विजय बाटालाई पाखा लगाउदै फाइनलमा पुगे ।
ललितपुरका सनिल शाहीले नक्सालका अश्विन धीरज श्रेष्ठलाई निराश पार्दै ६७ केजीको सेमिफाइनलमा स्थान पक्का गरे ।
