प्रदेश खेलकुद परिषद गण्डकीको महाशाखा प्रमुखमा आचार्य

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले महाशाखा प्रमुखको रुपमा राम प्रसाद आचार्यलाई पाएको छ ।

स्थापनाको तीन वर्ष पछि परिषदले आचार्यलाई महाशाखा प्रमुखको रुपमा पाएको हो । नेपाल शिक्षा सेवाको अधिकृतस्तर दशौं तहमा कार्यरत आचार्य उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशबाट सरुवा भएका हुन् ।

विभिन्न जिल्ला शिक्षा कार्यालयहरुमा समेत रहेर कर्मचारी सेवामा २९ वर्षे सेवाको अनुभव प्राप्त गरेका आचार्य यस अघि प्रदेश निति तथा योजना आयोगको सचिब संगै राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणमा समेत कार्यरत रहिसकेका छन् ।

पििरषदको संगठन संरचनाअन्तर्गत १६ जना स्थायी कर्मचारी आवश्यक रहे पनि हाल परिषदमा एक जना अधिकृतस्तरको कर्मचारी, दुई जना सहायक कर्मचारी, एक जना सवारी चालक र दुई कार्यालय सहयोगी रहेका छन् । परिषदमा अझै ८ जना कर्मचारीको दरवन्दी रिक्त रहेको सूचना अधिकारी तोपलाल भुसालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close