
पोखरा स्पोर्टस । पोखरा रंगशाला पछि नाम आउँछ पोखरा २९ भण्डारढिक स्थित लेखनाथ रंगशालाको । एकतर्फी प्यारापिट समेत रहेको लेखनाथ रंगशाला यति बेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पर्खाइमा छ । पोखराबाट करिव १० किलोमिटरको दुरीमा पर्ने लेखनाथ रंगशाला पोखरा रंगशाला पछिको नजिकको रंगशाला मात्रै होइन पोखरा रंगशालाको विकल्पको रंगशालाको रुपमा समेत हेरिएको छ ।

कुनै वेला भु-माफिया हरुको आखाँमा परेको लेखनाथ रंगशाला स्थानियले जोगाउँदै यहाँ सम्म ल्याएको बताउँछन वडा अध्यक्ष चेत बहादुर गुरुङ । आदर्श युवा क्लवका संस्थापक समेत रहेका वडा अध्यक्ष गुरुङ भु–माफिया संगै सुकुम्वासीका कारण पनि भने जस्तै गरी लेखनाथ रंगशालाले पूर्णस्वरुप पाउन सकेको छैन । लेखनाथ रंगशाला यति बेला आदर्श युवा क्लवको रेखदेखमा त छ तर क्लव एक्लैले निर्माण प्रक्रिया अघि बढाउन सक्ने कुरा पनि सम्भव समेत नभएको बताउँछन अध्यक्ष गुरुङ ।
राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलबुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की, पोखरा महानगर खेलकुद विकास समितीले नवौं राष्ट्रिय खेलकुदको लागि संयुक्त रुपमा पहल अघि बढाएका छन । राखेपका सदस्य राजेश गुरुङ, प्रखेप गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतम, कास्की जिल्ला खेलकुदका सचिव भिम पराजुली, पोखरा महानगर खेलकुद विकासका अध्यक्ष दिपक बहादुर गोदार र सदस्य सचिव सुभाष खड्काको टोलीले बिहिबार लेखनाथ रंगशाला , पोखरा ३२ स्थित ट्याङ्गी वोटे खेल मैदानको समेत अवलोकन गरेको थियो ।
पृथ्वीराजमार्गले छोएको करिव ६५ रोपनी क्षेत्रफलमा फैलिएको लेखनाथ रंगशालालाई पुर्णता दिन त्यहाँ रहेको करिव २ सय सुकुम्वासी घर धुरीको उचित व्यवस्वथापन गर्नु पर्ने बताउँछन वडा अध्यक्ष गुरुङ । “केही वर्ष पहिला पनि यो कुरा उठेको थियो उनीहरुको व्यवस्थापन बारे सहमती पनि भएकै हो तर राननितिक परिवर्तन पछि त्यो सम्भव हुन सकेन”–अध्यक्ष गुरुङले भने । यतिबेला पुनः रंगशालाको स्वरुप दिन चौतर्फी आवाज उठेको बताउँछन उनी ।



करिव ५ वर्ष अघि विदेशी संस्था मर्सिकोप्सको सहयोगमा प्यारापिट निर्माण गरिएको छ । करिव एक हजार दर्शक क्षमताको प्यारापिटले दर्शकलाई केही सहजता त दिएको भए पनि यसलाई पुर्णता दिन सबैको सहयोग खाँचो रहेको बताउँछन अध्यक्ष गुरुङ । उनले भने–“अव पोखरा रंगशालाको निर्माण करिव सकिएको पनि छ । पोखरालाई एउटै रंगशालाले धान्ने कुरा पनि हुँदैन । पोखरा रंगशाला सेती नदीको किनारमा भएको हुनाले पनि भविष्यमा संकटमा पर्न सक्छ त्यसैले पनि लेखनाथ रंगशालाको निर्माणलाई पूर्णता दिन आवश्यक मात्रै छैन पोखरा रंगशाला पछिको विकल्पको रंगशालाको रुपमा समेत विकास गरिनु पर्छ ।”
लेखनाथ रंगशालामा यति बेला कभर्ड हल निर्माणाधिन अवस्थामा छ । २०७४ असारमा शिलन्यास गरिएको कभर्डहलको केही काम पुरा भएको बताउँछन पोखरा महानगर खेलकुद विकास समितीका सदस्य सचिव समेत रहेका सुभाष खड्का । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले ५० लाख बाट शुरु गरेको निर्माण कार्य २०७७ साल सम्म आइपुग्दा करिव १ करोड ११ लाख खर्च भएको बताउँछन खड्का । तर रकम अभावका कारण कभर्डहलको निर्माण कार्यले गति लिन सकेको छैन । यसका लागि राखेप, प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगर खेलकुद विकास समितीको पनि उत्तिकै सहयोगको खाँचो रहेको औल्याउँछन उनी । लेखनाथ रंगशालामा खुल्ला फुटसल मैदान सहित आउटडोर जिमको समेत व्यवस्था रहेको बताउँदै उनले कभर्ड हलले पूर्णता पाएमा इनडोर खेलहरु समेत सम्भव हुने उनको भनाई छ ।
लेखनाथ रंगशालाको निर्माणकार्य लाई पूर्णता दिन तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी अवस्थामा राख्न यसमा भएका प्राविधिक कठिनाईका बारेमा विस्तृत रुपमा छलफल गर्नुपर्ने बताउँछन राखेपका सदस्य राजेश कुमार गुरुङ । उनले भने–“राखेप सदस्य सचिव ज्यूले समेत वारम्वार लेखनाथ रंगशाला बारे सोधिरहनु भएको छ, उहाँको यसमा चासो पनि छ निर्माणाधिन कभर्ड हल सम्पन्न गर्न कति रकम खर्च लाग्छ त्यसको अध्ययन गरौं ।”
राखेप सदस्य गुरुङले मैदानलाई लेभलिङ गरे र मिलाउने देखि लिएर सुकुम्वासीहरुको व्यवस्थापनका लागि वृहत राजनितिक सहकार्य र सहमती आवश्यक रहेको बताए । उनले भने–“नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ‘फोकस’ गर्दै तयारीमा जुटौं र रंगशालाको विस्तृत परियोजना प्रतिवेदन समेत निर्माण गर्दै विकल्पको रंगशालाको रुपमा अघि बढाउँ ।”
यता प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदको लागि पोखरा रंगशाला सहित त्यसको नजिकमा पर्ने रंगशालाहरुको पूर्वाधार निर्माण गर्नुपर्छ भन्ने अभियान सहित परिषद अघि बढेको बताए । उनले भने–“योजना सहित केही न केही कुरा अघि बढ्यो भने प्रदेश खेलकुद सहयोगका हातहरु अघि बढाउन तयार छ ।” उनले लेखनाथ रंगशालाको विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्नुपर्ने आवश्यक्ता औंल्याउँदै त्यसका लागि सबैको सहकार्य र सहमती आवश्यक रहेको बताए ।
प्रदेश खेलकुद परिषदले प्रदेशका ११ वटै जिल्लाका खेल मैदान र पुर्वाधारहरुको अध्ययन शुरु गर्ने बताउँदै सदस्य सचिव गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि एक जिल्लामा एक खेलको अभियानका साथ कार्य अघि बढाइने बताए ।
राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलबुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की, पोखरा महानगर खेलकुद विकास समितीले नवौं राष्ट्रिय खेलकुदको लागि संयुक्त रुपमा पहल अघि बढाएका छन । राखेपका सदस्य राजेश गुरुङ, प्रखेप गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतम, कास्की जिल्ला खेलकुदका सचिव भिम पराजुली, पोखरा महानगर खेलकुद विकासका अध्यक्ष दिपक बहादुर गोदार र सदस्य सचिव सुभाष खड्काको टोलीले बिहिबार लेखनाथ रंगशाला , पोखरा ३२ स्थित ट्याङ्गी वोटे खेल मैदानको समेत निरिक्षण गरेको थियो ।
