उपाध्यक्षद्वारा ब्याडमिन्टन टोलीलाई बिदाई

पोखरा स्पोर्टस । मित्र राष्ट्र भारतको गोहाटीमा आयोजना हुने ब्याडमिन्टन एशिया दक्षिण एशियन जुनियर रिजनल च्याम्पियनसिप २०२२ मा सहभागी हुन जाने नेपाली ब्याडमिन्टन टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला ज्वालाले शुभकामना सहित बिदाई गरे ।

सेप्टेम्बर २६ देखि ३० सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको नेतामा नेपाल ब्याडमिन्टन संघका सदस्य छबी लाल शाही रहेका छन् । यस्तै खेलाडीहरुमा डेभिड थापा मगर, सुरज गुप्ता, कविर के।सी।, साहिल चन्द, रोज पाण्डे, सानिया चन्द, रोजी राई र रिहाना शेरचन रहेका छन् ।

नेपाली टोलीले यु १५ र यु १७ मा महिला तथा पुरष एकल र युगल, मिक्स युगल र मिक्स टिम ईभेन्टस्मा प्रतिस्पर्धा गर्ने संघका सचिव नविन विक्रम शाहले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close