लामाचौर आमन्त्रित राष्ट्रिय भलिबलको तयारी सुरु

पोखरा स्पोर्टस । नव आदर्श सामुदायिक समाजले लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको घोषणा गरेको छ ।

समाजले आफ्नो स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको घोषणा गरेको हो । लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता यही आउँदो भाद्र १९ गते देखि २१ गते सम्म हुने भए पछि सोको तयारी सुरु गरेको समाजले जनाएको छ ।

महिलाहरूको महान् पर्व हरितालिका तिज पर्वको अवसरमा पोखरा लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी माविको परिसरमा सञ्चालन हुन राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबले प्रतियोगितामा पुरुष तथा महिला तर्फ करिब ५/५ टिमको सहभागिताको लागी पत्राचार गरिएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा पुरुष तर्फ नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र मणिमुकुन्द भलिवल क्लब त्यस्तै महिलातर्फ त्रिभुवन आमी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यू डायमण्ड एकेडेमी र एभरेष्ट भलिवल क्लबलाई सहभागीताको लागी आमन्त्रण गरिएको पनि अध्यक्ष भण्डारीले जनाकारी दिए ।

लिगकम नकआउटका आधारमा संचालन हुने उक्त प्रतियोगिता भदौ १८ गते देखि सुरु गर्ने तयारी रहेकोे छ । महोत्सवको अवसरमा राष्ट्रिय भलिबल सहित अन्तर महिला समूह तिज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, औद्योगिक तथा विभिन्न व्यापारिक स्टलहरू, विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको प्रस्तुती संगै शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई सम्मान र छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका प्रथम उपाध्यक्ष दिनेश भण्डारीले बताए ।

यसै बिच समाजले कार्यसमिति, सल्लाहकार, पुर्व अध्यक्ष लगायत सम्पूर्ण समिति र उपसमिति संयोजक सहितको सयुक्त भेला आयोजना गरी महोत्सबको तयारी सम्बन्धि बृहत छलफल गरेको छ । छलफलमा आफ्नो भनाई राख्दै पोखरामहानगर पालिका वडा नं। १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले अहिलेको प्रतिकुल व्यवसायिक अवस्थामा मेला महोत्सव सम्पन्न गर्न धेरै चुनौती रहेता पनि लामाचौर तिज महोत्सव एउटा ब्राण्ड नै बनिसकेकोले यसलाई सम्पन्न गराउन सबै एकजुट भएर लाग्नु पर्ने बताए ।

राष्ट्रको कला र संस्कृतिको संरक्षणार्थ समाजले २०५४ सालदेखि नै “मौलिक संस्कृतिको जगेर्ना गरौ” भन्ने मुल नाराका साथ महिला हरुको महान पर्व हरितालिका तिजको अवसरमा तिज महोत्सव संचालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close