बक्सिङ्गमा नेपाललाई अर्को ऐतिहासिक पदक

पोखरा स्पोर्टस । दक्षिण एशियाली खेलकुदको तेह्रौ संस्करणमा बक्सिङ्ग खेलले आफ्नो ईतिहास कायम गर्न सफल नेपाली बक्सिङ्गलाई जुनियर तथा युथ बक्सिङ्ग तर्फ पनि एशियनस्तरमा अर्को ऐतिहासिक सफलता प्राप्त भएको छ ।

यहि अगस्त २० देखि ३१ सम्म दुबईमा सञ्चालन भई रहेको एएसबीसी जुनियर तथा युथ ब्वायज एण्ड गर्ल्स बक्सिङ्ग प्रतियोगितामा जुनियर ५४ किलो तौल समुह अन्तर्गत सम्पन्न क्वार्टरफाईनल खेलमा आफ्ना कुवेतका प्रतिद्वन्दी मोहमद् लाई पराजित गर्दै नेपालका स्कुले मुक्केवाज छिरिङ्ग वाङदी शेर्पाले तीनवटै राउण्डमा आफ्नो वर्चश्व कायम गर्दै ५–० को आधारमा जीत हासिल गरेका हुन् । अब छिरिङ्गले अर्को भिडन्त काजगिस्तानका प्रतिद्वन्द्वी अडाल्बेक नियाज्बा संग सेमिफाईनलमा प्रतिष्पर्धा गर्दै छन् ।

यसै गरी नेपालका दुई जना महिला मुक्केबाजहरु स्वस्तिका तिरुवाले र नारीका राईले पनि क्रमशः ५२ किलो तथा ५७ किलो तौल समुह अन्तर्गत नेपाललाई कास्य पदक पक्का गरी गरिसकेका छन् । यसरी ६ जना सहभागी मुक्केबाजहरुमध्ये हालसम्म ३ कास्य पक्का गरी सकेको छ ।

नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज ईन्द्र बहादुर सुनारले पनि निकै बहादुरीका साथ ईरानी प्रतिद्वन्दीलाई पहिलो राउण्डमा उत्कृष्ट खेल प्रदर्शन गर्दै विजयी शुरुवात गरेका पनि दोस्रो र तेस्रो राउण्डमा ईरानी मुक्केबाजले खेल आफ्नो पोल्टामा गर्दै ईन्द्रलाई रोकेका थिए । ७१ किलो तौलमा नेपालका सुदेन गिरी आफ्नो तौलका विश्व वरियतामा अगाडी रहेका मुक्केबाजसंग आर.एस.सी को आधारमा पराजित भएका थिए । अर्का युवा मुक्केबाज सुलभ माली ले ५४ किलो तौल समुहमा आज ईरानी प्रतिद्वन्द्वी अलियस्घ संग प्रतिष्पर्धा गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close