पोखरा १५ खेलकुद महोत्सव : महिला भलिबल र रस्साकस्सी सम्पन्न

पोखरा स्पोर्टस । पोखरा–१५ मा जारी खेलकुद महोत्सवको तेस्रो दिन महिला भलिबल र आमा समूह बिचको रस्साकस्सी खेल सम्पन्न भएको छ । पोखराको बन विज्ञान क्याम्पसको खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत महिला भलिबलमा जन जागृति आमा समूह र रस्साकस्सी प्रतियोगितामा लक्ष्मीटोल आमा समूह विजयी बनेको छ ।

पुरुष भलिबलतर्फ गलेश्वर युवा क्लब र तल्लो नयाँ गाउँ युवा क्लब फाइनलमा प्रवेश गरेको छ भने, पुरुष फुटबलमा तल्लो नयाँ गाउँ युवा क्लब र प्रतिभा टोल सेमिफाइनलमा प्रवेश गरेको छ ।

यस्तै, विद्यालय स्तरीय पुरुष फुटबलमा आज भएको खेलमा वेलनन एकेडेमीले नेपाल भारत मैत्री विद्यालयलाई ट्राई बेकरमा ३–१ ले पराजित गरेको छ ।

शनिवार ५० वर्ष माथिकाको पुरुष दौड र महिलातर्फ ४० वर्ष माथिका आमा समूहको दौड लगायत फरक क्षमता भएका व्यक्तिहरू बिच ह्विल चियर दौड र बास्केटबल प्रतियोगिता हुनेछ । 

बाँकी खेल शनिवार नै सम्पन्न गरी पुरस्कार वितरण गरी प्रतियोगिता सम्पन्न हुने अध्यक्ष तोरण बाँनियाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close