पोखरामा अन्तर्राष्ट्रियस्तरको हक्कीको पुर्वाधार निर्माणका लागि जग्गा खोजी शुरु

पोखरा । पोखरामा अन्तर्राष्ट्रियस्तरको हक्की खेलको पुर्वाधार निर्माण गर्न जग्गाको खोजी शुरु भएको छ ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले हक्कीको पुर्वाधार निर्माणका लागि उपयुक्त जग्गाको खोजी गर्न निर्देशन दिएपछि जग्गाको खोजी शुरु भएको हो । सो वारे जानकारी दिदैं राष्ट्रिय खेलुकद परिषद (राखेप)का नवनियुक्त वोर्ड सदस्य सम्पन्न श्रेष्ठले भने–“मन्त्रीज्युले यथासिघ्र जग्गाको खोजीगर्न र जानकारी दिन भन्नुभएकोले हक्कीका लागि जग्गा खोजि शुरु गरेका छौं ।”

उनले भने–“यदि पुर्वाधारका लागि जग्गा पुग्यो भने, मालेपाटन खेल मैदान एकदमै उपयुक्त छ ।” “हामीले यो मैदानलाई पर्यटन संगै खेलकुदमा जोड्न चाहन्छौ, हक्की पनि खेलकुद पर्यटनको आधार बन्न सक्छ त्यही भएर पनि यो मालेपाटन खेल मैदान उपयुक्त हुन सक्छ,” राखेप सदस्य श्रेष्ठले भने–“जग्गा प्राप्त हुनासाथ आवश्यक बजेटका लागि समेत पहल हुनेछ ।”

हक्कीका लागि गण्डकी प्रदेशले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा राम्रो नतिजा हात पारे पनि उपयुक्त मैदान अभावका कारण खेलाडीहरुले राम्रो संग अभ्यास समेत गर्न नसकेको राखेप सदस्य श्रेष्ठले बताए । “टिम गेममा हक्कीको राम्रो सम्भावना छ, तर पुर्वाधार अभावमा खेलाडी भौंतारिएको देख्दा दुःख लाग्छ” उनले भने–“पुर्वाधार नहुँदा पनि नतिजा राम्रो हुनु सुखद हो, यदि पुर्वाधार भइदियो भने त्यसले झनै राम्रो नतिजा प्राप्त हुन्छ ।” “चाहे आठौमा रजत पदक जित्दा होस वा गिरिजा प्रसाद स्मृती हक्कीमा गण्डकीले निकै सुखद नतिजा ल्याएको छ”, उनले भने ।

हक्की मित्रराष्ट्र भारत र पाकिस्तानमा लोकप्रिय खेल रहेको र ति दुई देश विचको खेल पोखरामा आयोजना गर्न सके त्यसले पर्यटन क्षेत्रमा कायापलट गर्न सक्ने उनले बताए । “खेल मार्फत यस क्षेत्रका धार्मिक र पर्यटनका मुख्य गन्तव्यहरुलाई जोड्न सकिन्छ, चाहे त्यो मुक्तिनाथ होस वा पर्वत वागलुङ जोड्ने झोलेङ्गे पुल,” उनी भन्छन–“अव आवश्यक छ त केवल हक्की खेलको पुर्वाधार निर्माणको ।”

पोखरा महानगर पालिका वडा नं ५ वाराही खेल मैदानलाई हक्की खेल मैदानको पुर्वाधारको रुपमा विकास गर्न सकिन्छ कि भन्ने बारे अध्ययन भइरहेको राखेप सदस्य श्रेष्ठले बताए । “वडा अध्यक्षज्यु लगाएत अन्य संग यसबारे छलफल अघि वढेको छ, उहाँहरुका विच पनि यसबारे सर सल्लाह भइरहेको छ” उनले भने–“यदि पुर्वाधारका लागि जग्गा पुग्यो भने, मालेपाटन खेल मैदान एकदमै उपयुक्त छ ।” “हामीले यो मैदानलाई पर्यटन संगै खेलकुदमा जोड्न चाहन्छौ, हक्की पनि खेलकुद पर्यटनको आधार बन्न सक्छ त्यही भएर पनि यो मालेपाटन खेल मैदान उपयुक्त हुन सक्छ,” राखेप सदस्य श्रेष्ठले भने–“जग्गा प्राप्त हुनासाथ आवश्यक बजेटका लागि समेत पहल हुनेछ ।”

पोखरा महानगर पालिका वडा नै ५ का अध्यक्ष धन बहादुर नेपालीले मालेपाटन खेल मैदानमा हक्कीको पुर्वाधार निर्माण गर्ने वारे कुराहरु अघि वढेको बताए । “यहाँ हक्कीको पुर्वाधार निर्माण हुनु सुखद कुरा हो” उनी थप्छन–“यो मैदान ऐतिहासिक हो, यही मैदानले राष्ट्रिय फुटबल खेलाडी जन्माएको छ ।”

पोखरामा क्रिकेट सहित हक्की पनि खेलकुद पर्यटनको आधार बन्न सक्ने भएकोले पनि मन्त्रीज्युले यसका लागि विशेष पहल थाल्न आग्रह गरेको बताउँदै राखेप वोर्ड सदस्य श्रेष्ठले भने–“जसरी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सम्भावनाको खोजी हुँदैछ हक्की पनि क्रिकेट जस्तै उत्तिकै महत्वपुर्ण छ ।” हक्की मित्रराष्ट्र भारत र पाकिस्तानमा लोकप्रिय खेल रहेको र ति दुई देश विचको खेल पोखरामा आयोजना गर्न सके त्यसले पर्यटन क्षेत्रमा कायापलट गर्न सक्ने उनले बताए । “खेल मार्फत यस क्षेत्रका धार्मिक र पर्यटनका मुख्य गन्तव्यहरुलाई जोड्न सकिन्छ, चाहे त्यो मुक्तिनाथ होस वा पर्वत वागलुङ जोड्ने झोलेङ्गे पुल,” उनी भन्छन–“अव आवश्यक छ त केवल हक्की खेलको पुर्वाधार निर्माणको ।”

पोखरा महानगर पालिका वडा नै ५ का अध्यक्ष धन बहादुर नेपालीले मालेपाटन खेल मैदानमा हक्कीको पुर्वाधार निर्माण गर्ने वारे कुराहरु अघि वढेको बताए । “यहाँ हक्कीको पुर्वाधार निर्माण हुनु सुखद कुरा हो” उनी थप्छन–“यो मैदान ऐतिहासिक हो, यही मैदानले राष्ट्रिय फुटबल खेलाडी जन्माएको छ ।” उनले हक्कीको पुर्वाधार निर्माण गर्दा हिजोको त्यो विरासतलाई भुल्न नहुने बताए । अहिले हक्कीको पुर्वाधार निर्माणका लागि पहिलो चरणको छलफल अघि वढेको भए पनि हक्कीका लागि कति जग्गा आवश्यपर्छ भन्ने बारे टुङ्गोमा पुगि नसकिएको उनले बताए ।

गण्डकी प्रदेशमा आवश्यक खेलकुद पुर्वाधार मध्येको स्विमिङ, शुटिङ र हक्कीका पुर्वाधारहरु निर्माण हुने भए संगै गल्फ खेलको पुर्वाधार पनि उत्तिकै महत्वपुर्ण देखिएको छ । गण्डकी प्रदेश सरकारले तिन वर्ष देखि गल्फका लागि पुर्वाधार खोजी गरेको भए पनि त्यो सम्भव भने हुनसकेको छैन । प्रदेश सरकारले तिन वर्ष देखि विनियोजन गर्दै आएको बजेट फिर्ता गएको भए पनि चालु आवमा गल्फका लागि ५० लाख विनियोजन भएको छ । पोखरामा गल्फ कोर्ष निर्माणका लागि गल्फ संघ कास्कीले पटक पटक दवाव दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close