अबको स्पोर्टस : वाटर स्पोर्टस

पोखरा स्पोर्टस / झण्डै २ वर्ष अगाडी मेरो एउटा लेख प्रकाशित भएको लेखमा यस्तो शिर्षक थियो–“पानी र जवानी, भेनेजुयला र हामी ।” नियमित स्तम्भका लागि प्रशाशित लेखले धेरैको प्रशंसा वटुल्न सफल भयो । धेरैको एकै किसिमको धारणा थियो “साँच्चिकै पानी बारेको हाम्रो धारणा र क्रियाकलाप अन्तयन्तै छिपछिपे, सतही र न्यून पो रहेछ ।” धेरैको प्रतिक्रिया पछि आफू तिर फर्किएर हेर्न मन लाग्यो अनि मन मनै गुने मेरो पनि त पानी बारेको वुझाई र ज्ञान कति पो छ र ? पृथ्वीको भुभागको दुई तिहाई ओगट्ने पानी जाने अमृत नजाने विष हो भन्ने मात्रै बुझाई थियो ।

पानीको थुप्रै महत्व मध्ये एक वाटर स्पोर्टस पनि हो । यस पटक पानीको महिमा भन्दा पनि वाटर स्पोर्टसको बारेमा चर्चा गर्न प्रयत्न गरेको छु । जसको शुरुवात खेल सम्वन्धि केही मान्यता बाट गरौं ।

पानीको विभिन्न विषयमा अध्ययन गर्दा नेपालमा वाटर स्पोर्टसको निकै ठूलो सम्भावना छ । मात्र अलिकति इच्छाशक्ति, अलिकति टिमवर्क, । अलिकति सपना चाहिन्छ । सांगठनिक संरचना र जनशक्तिले नै वाटर स्पोर्टसको विकास सम्भव छ । सामान्यत नेपालमा वाटर स्पोर्टसका खेल सञ्चालन हुन सक्छनः क्यानोइङ्ग, जेट स्किइङ्ग, सेलिङ्ग, र्याफटिङ, फिसिङ्ग, वोट रेसिङ्ग, वाटर पोलो, वाटर स्किइङ्ग, स्कुवा डाइभिङ्ग, सर्फिङ्ग, रोइङ्ग, अण्डर वाटर गेम्स, स्विमिङ र क्यानोनिङ्ग ।

आजको विश्वमा, परम्रागत खेल (Traditional Sports),  हवाई खेल (Air Sports) , विच खेल (Beach Sports), सरफेस स्पोर्टस (Surface Sports), वाटर स्पोर्टस (Water Sports)को हिसावले पनि वर्गिकरण गर्ने गरिन्छ । त्यसै गरी बल गेम, र्याकेट गेम, पावर गेम, माइण्ड गेम जस्ता खेलकै पहिचान दिने हिसावले पनि चर्चा परिचर्चा गरेको पाइन्छ । नेपालकै सन्दर्भमा भने ओलम्पिक गेम, मास गेम,, पपुलर गेम जस्ता व्याख्या गरेको पनि पाउँछौ भने परम्परागत, शहासिक र पर्यटकिय खेल त ऐनमा नै व्यख्या समेत गरिएको छ ।

अझै पछिल्लो समयमा त विश्वमानै खेल क्षेत्रमा नयाँ डिस्कोर्स शुरु भएको छ ।
१. आधारभुत खेल (Fundamental Sports)
२. प्रतिष्पर्धात्मक खेल (competitive Sports)
३ दिगो खेल (Sustainable Sports)

तर दुर्भाग्य आधुनिक खेलकुदको आज सम्मको झण्डै सात दशकमा हामीले राष्ट्रिय खेलकुद परिषदले वा खेलकुद मन्त्रालयले कुन खेल कसले गर्ने किन र कसले गर्ने कसका लागि गर्ने ? भन्ने कुनै मानक समेत बनाएन छौं । राम भरोसे नै सहि, यस्तै हालत भए पनि नेपाली खेलकुदको आयातन, गहिराई र मान्यता समेत निकै फरक, आधुनिक र व्यवस्थित बन्ने पाटोमा छ । नितिगत र कार्यक्रमिक हिसाबले ।

नेपालमा मुलतः ति किसिमका पानीका स्रोतहरु छन । पहिलो जुन तिव्र गतिमा छन, साँघुरा र कतिपय सम्म स्थानमा अत्यन्तै गहिरो र डरलाग्दा पनि छन । यो नेपाली पहिचान र व्राण्ड पनि हो । आज सम्म । किनकी ह्वाइट वाटर र्याफ्टिङ वाटर स्पोर्टसले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । यहि खेलले हामीलाई टिकाएको र बिकाएको पनि छ ।

आधारभुत खेल र प्रतिष्पर्धात्मक खेलकै अलिक विकसित, व्यवस्थित र परिमार्जित स्वरुप हो सस्टेनेबल स्पोर्टस । कुनै–कुनै समयमा कुनै खेल तिन वटै क्षेत्रको हुन सक्छ भने कुनै अवस्थामा फरक–फरक खेल । खासमा यो ब्याख्या तत्कालिन समाज, राष्ट्र, भौतिक आधार सरकारी निति र कार्यक्रम राज्यको प्राथमिकता र राजनिती संग सम्वन्धित छ भन्दा अत्यूक्ति नहोला ।

नेपालको सन्दर्भमा वाटर स्पोर्टस आधारुत कि प्रतिष्पर्धात्मक कि सस्टेनेवल ? भनेर हेर्ने हो भने तत्कालिन रुपमा २० प्रतिशत आधारभुत २० प्रतिशत प्रतिष्पर्धात्मक र ६० प्रतिशत सष्टेनेवल खेल हो भनेर भन्दा अन्यथा नहोला कि ?

नेपालको भुगोल, वातावरण र प्रकृति सुहाउँदो विद्यमान पूर्वाधार, साधन स्रोत र जनशक्तिमा आधारित वातावरण मैत्री, क्लिन, ग्रिन स्पोर्टसको पर्याय, लगानी रोजगारी र उद्यमशिलताको आधार बन्न सक्ने दिगो पर्यटन, आर्थिक विकास र दिगो विकासको सहयोगी, विश्वकै गन्तव्य बन्न सक्ने पदक प्रतिष्ठा र पहिचान बन्न सक्ने एक इभेण्ट, मल्टी इफेक्ट अर्थात एक पटकको लगानी वर्षौ सम्म जवानी रहने/बन्ने सम्भावना भएका खेलहरु नै नेपालको सन्दर्भमा दिगो खेलकुद हुन भन्न सकिन्छ । तसर्थ वाटर स्पोर्टस त्यसैको मुख्य क्षेत्र हो ।

दोस्रो फ्ल्याट वाटर फेवा, वेगनास, रारा लगायतका कृत्रिम तथा प्राकितिक तालहरु अवको वाटर स्पोर्टसको मुख्य आधार हुन । जसमा माथिनै उल्लेख गरिएका अधिकांश खेल र इभेन्टहरु आयोजना गर्न सकिन्छ । ओलम्पिक खेलका र अन्य विश्व स्तरिय इभेन्टहरु आयोजना गर्न सकिन्छ । यि खेलहरु शहर केन्द्रित र अलिक शुरक्षित पनि छन । हाल दाङ, सर्लाही लगायतका जिल्लामा साना साना ताल तलैया र पोखरीहरुको विकास गर्ने लहरनै चलेको छ । ति पनि वाटर स्पोर्टसका लागि उपयोग गर्न सकिन्छ ।

अव थोरै चर्चा गरौं नेपालमा कस्ता वाटर स्पोर्टस हुन सक्छन त । तर त्यस भन्दा अघि कुन कुन खेल÷इभेण्ट छन त वाटर स्पोर्टसमा ? एक पटक हेरौंः जलस्रोतमा धनि देश नेपाल, सामुद्रिक पहुँच बाहिरको जलस्रोत, पानीको मुख्य स्रोत हिमाली क्षेत्र, हजारौं ताल तलैया र नदिहरु, आइस, ह्वाइट र फल्याटवाटर ।

माथी उल्लेखित पानीको विभिन्न विषयमा अध्ययन गर्दा नेपालमा वाटर स्पोर्टसको निकै ठूलो सम्भावना छ । मात्र अलिकति इच्छाशक्ति, अलिकति टिमवर्क, । अलिकति सपना चाहिन्छ । सांगठनिक संरचना र जनशक्तिले नै वाटर स्पोर्टसको विकास सम्भव छ । सामान्यत नेपालमा वाटर स्पोर्टसका खेल सञ्चालन हुन सक्छनः क्यानोइङ्ग, जेट स्किइङ्ग, सेलिङ्ग, र्याफटिङ, फिसिङ्ग, वोट रेसिङ्ग, वाटर पोलो, वाटर स्किइङ्ग, स्कुवा डाइभिङ्ग, सर्फिङ्ग, रोइङ्ग, अण्डर वाटर गेम्स, स्विमिङ र क्यानोनिङ्ग ।

ट्राइयाथलनका केही इभेण्टहरु समेत वाटर स्पोर्टसमा पर्ने देखिन्छ । त्यसका साथै अन्य केही नयाँ र रमाइला खेल समेत थपिइरहेका छन । अझ रमाइलो कुरा कुरा नेपालमा हुने÷हुन सक्ने आइस हक्की समेत हिमाली तालहरुमा हुने रोमाञ्चकारी अवस्था छ । अनि आइस स्किइङ्ग समेत पनि ।

माथी उल्लेखित वाटर स्पोर्टस के नेपालमा हुने सम्भावना छैन र ? अवश्य छ । अवको खेलको ट्रेण्ड हेर्ने हो भने ढिला भइसकेको छ यसको विकासमा काम गर्न । नेपालमा मुलतः ति किसिमका पानीका स्रोतहरु छन । पहिलो जुन तिव्र गतिमा छन, साँघुरा र कतिपय सम्म स्थानमा अत्यन्तै गहिरो र डरलाग्दा पनि छन । यो नेपाली पहिचान र व्राण्ड पनि हो । आज सम्म । किनकी ह्वाइट वाटर र्याफ्टिङ वाटर स्पोर्टसले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । यहि खेलले हामीलाई टिकाएको र बिकाएको पनि छ । तर यति बेला ति नदीहरु विस्तारै विद्युत र सिचाईका लागि विकसित हुँदैछन् ।

दोस्रो फ्ल्याट वाटर फेवा, वेगनास, रारा लगायतका कृत्रिम तथा प्राकितिक तालहरु अवको वाटर स्पोर्टसको मुख्य आधार हुन । जसमा माथिनै उल्लेख गरिएका अधिकांश खेल र इभेन्टहरु आयोजना गर्न सकिन्छ । ओलम्पिक खेलका र अन्य विश्व स्तरिय इभेन्टहरु आयोजना गर्न सकिन्छ । यि खेलहरु शहर केन्द्रित र अलिक शुरक्षित पनि छन । हाल दाङ, सर्लाही लगायतका जिल्लामा साना साना ताल तलैया र पोखरीहरुको विकास गर्ने लहरनै चलेको छ । ति पनि वाटर स्पोर्टसका लागि उपयोग गर्न सकिन्छ ।

तेश्रो हिमाली तालहरु तिलिचो, सेफोक्सुण्डो, गोक्यो लगायतका दर्जनौ यस्ता तालहरु छन जसले विश्वका सवैलाई रोमाञ्चित, उद्वेलित र आर्कषित गरिरहेका छन । त्यहाँ पुग्न कठिन भएका कारणले ति तालहरु सिमित पर्यटकको गन्तव्य बनेका छन । ति तालहरु शुरक्षित गन्तव्य बनाउन सके नेपालको लागि मात्रै नभएर विश्वकै सहाशिक खेलकुदको गन्तव्य बन्न सक्छन । आइस हक्कि, आइस स्केटिङ्ग लगायतका अतिरिक्त खेल समेत खेल्न सकिन्छ ति तालहरुमा । किन भने ति तालहरुमा प्रायः मोटो हिउँ जमेको हुन्छ ।

त्यस बाहेक शहरी क्षेत्रमा साना साना खोला र नदीहरुलाई पनि केही व्यवस्थित गर्न सके वाटर स्पोर्टसका केन्द्र बन्न सक्छन । त्यस्तै हाल तराई क्षेत्रका ठूला नदीहरुमा समेत शुरक्षित, व्यवस्थित र व्यवसायिक वाटर स्पोर्टसका खेलहरु सञ्चालन हुन सक्छन । यदि हामीले नेपालको पानीको समुचित विकास गर्न सके वाटर स्पोर्टसको ठूलो सम्भावनाको ढोका खुल्ला छ । पानीको व्यवसायिक विकास गर्न सके नेपाली खेल र पर्यटनको विकास हुन्छ भन्ने कुरामा कुनै शंका छैन ।

अन्त्यमा, एकिकृत राजनिति, आवश्यक कानुन र कार्ययोजना, दक्ष जनशक्ति आधुनिक व्यवस्थापन अनि ग्लोवल व्राण्डिङ्ग तथा सरोकारवाला विचको सहकार्यका लागि माउन्टेन स्पोर्टस फेडेरेशन सदैव हातेमालो गर्न तयार छ । तपाई नि ?
उहाँ राष्ट्रिय खेलकुद परिषदको वोर्ड सदस्य समेत हुनुहुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close