नेपाल हवाई खेलकुद संस्था द्वारा प्याराग्लाइडिङ शुरक्षा सम्बन्धि प्रशिक्षण सम्पन्न

पोखरा, १० असार । नेपाल हवाई खेलकुद संस्था (ना) ले शुरक्षित प्याराग्लाइडिङ उडानका लागि पाइलटहरुलाई हरुलाई तिन दिनको प्रशिक्षण प्रदान गरेको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा भएको उक्त प्रशिक्षणमा २७ जना महिला तथा पुरुष पाइलटहरुको सहभागिता रहेको थियो । प्रशिक्षार्थीहरुलाई विशेष गरि व्यबसायिक टेन्डम उडानमा शुरक्षा लगाएत अन्य विषयहरुमा प्रशिक्षण प्रदान गरिएको ना का प्रमुख कार्यकारी अधिकृत एवम उपाध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।

तिन दिने प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालयका प्रमुख मणि लामिछानेले पर्यटनमा प्याराग्लाइडिङ क्षेत्रको दायरा फराकिलो रहेको बताए । उनले शाहसिक खेलकुद संग जोडिएको प्याराग्लाइडिङ ब्यबसायलाई ब्यस्थित बनाउन र पोखराको पर्यटनको क्षेत्रमा लगानी रहेको करिब ४ खर्ब रुपैंयाको शुरक्षित अवतरणका लागि रणनितिक योजनाका साथ अगाडी बढ्नु पर्ने उल्लेख गरे ।

प्रमुख लामिछानेले पर्यटनका क्षेत्रमा सानो दुर्घटनाले पनि नकारात्मक प्रभाब पर्ने भएकोले पर्यटन उद्योगको संरक्षणका लागि यस्ता प्रशिक्षणहरु महत्वपूर्ण रहने बताउँदै आगामी दिनमा समेत ना संगको सहकार्य जारी रहने बताए ।

नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष एवम प्याराग्लाइडिङका मुख्य प्रशिक्षक योगेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम अध्यक्ष भट्टराइले पोखराको पर्यटन र शाहसिक खेलकुदमा विश्वमा चासोका साथ लिइने प्याराग्लाइडिङलाई व्यवस्थित गर्न ना ले शुन्य सहिष्णुतामा कार्य गरेको उल्लेख गरे । उनले भने–‘हामी प्याराग्लाईडिङलाई ब्यबस्थित र मर्यादित ब्यबसायको रुपमा अगाडी बढाउँदै छौं यसका लागि सबैको सहयोग महत्वपूर्ण रहन्छ ।’

कार्यक्रममा खेलकुद पत्रकार मंच गण्डकीका निवर्तमान अध्यक्ष केशब पाठक, ना का कार्यबाहक महासचिब इन्द्र भण्डारी, ना का प्राविधिक निर्देशक अनिल केसी, प्रशिक्षार्थी पाइलट हरि भण्डारी लगाएतले पोखराको पर्यटन संग जोडिएको प्याराग्लाईडिङले पर्यटन प्रवद्र्धन संगै रोजगारको सम्भावनालाई स्थापित गरेकोले उडान शुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने कुरा महत्वका साथ औंल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close