
पोखरा स्पोर्टस । जापानको राजधानी टोकियोमा सञ्चालन हुने ३२ औं संस्करणको गृष्मकालिन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको राष्ट्रपती विद्या देवी भण्डारीले बिदाई गरेकी छन ।

राष्ट्रपती निवासमा आयोजित एक कार्यक्रमका विच राष्ट्रपती भण्डारीले विदाई गरेकी हुन । बिदाई कार्यक्रममा सहभागी खेलाडी, प्रशिक्षक तथा अफिसियलहरु लाई बिदाई गर्दै राष्ट्रपतीले जितको शुभकामना दिएकी छन । उनले भनेकी छन–“तपाईहरुले जितेर आउनु हुनेछ भन्नेमा विश्वस्त छौं, हामी यहाँहरुलाई बधाई दिन पर्खिएर बस्ने छौं ।”

जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारी र नेपालले सहभागिताका लागि गरेको तयारीका बारेमा प्रतिनिधी सभाका सांसद तथा नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जिवनराम श्रेष्ठले राष्ट्रपती भण्डारीलाई जानकारी गराएका थिए ।

सो अवसरमा सांसद तथा एनओसीका सचिव तुलसा थापा, खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव तथा ओलम्पिकका लागि सेफ दि मिसन समेत रहेका रमेश कुमार सिलवाल, एनओसीका कार्यकारी निर्देशक तथा उपाध्यक्ष चतुरानन्द राज वैद्य, एनओसीका उपाध्यक्ष सुनिल श्रेष्ठ, एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ, राखेपका सदस्यद्वय शुभाष श्रेष्ठ र सम्पन्न श्रेष्ठ, खेलाडी तथा प्रशिक्षकहरु सहभागी थिए ।
यहि जुलाई २३ तारिखबाट अगस्ट ८ सम्म सञ्चालन हुने ओलम्पिकमा नेपालबाट ६ खेलाडी सहित २५ जनाको टोली जाँदैछ । नेपालले ३२ ओं संस्करणको ओलम्पिकमा पाँच खेलमा सहभागिता जनाउँदै छ । नेपालले यस पटक पौडी, एथ्लेटिक्स, सुटिङ र जुडोमा आफ्नो कौशल देखाउने छ ।
नेपालबाट सहभागी हुने खेलाडीहरुमा पौडीका गौरिका सिंह र एलेक्जाण्डर ग्याडिमाड शाह, सुटिङकी कल्पना परियार, जुडोकी सुनिया भट्ट तथा एथ्लेटिक्सकी सरस्वती चौधरी रहेका छन भने प्रशिक्षकतर्फ पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथ्लेटिक्सकी इन्द्रकुमारी मल्ल रहेका छन् । जसमध्ये पौडीका दुई र एथ्लेटिक्सका एक जना खेलाडीले ‘युनिभर्सियालिटी प्लेस’ अन्तर्गत खेलमा सहभागिता जनाउनेछन् ।
